स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

बैतडीमा आइरन चक्कीको अभाव

सेयर गर्नुहोस

बैतडी, २२ मंसिर:  बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई आइरन चक्की नदिएरै फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीले जनाएका छन् ।

सिगास गाउँपालिकाअन्तर्गत रहेको गाँजरी स्वास्थ्य चौकीमा आइरन चक्की कत्ति पनि नरहेको स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको आइरन चक्कीको अभावमा गर्भवती महिलालाई रित्तै हात फर्काउनुपर्ने बाध्यता रहेको छ ।”

गर्भ बसेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलाले लगातार रुपमा आइरन चक्की खानुपर्ने भएपनि स्वास्थ्य संस्थामा आइरन चक्की नहुँदा महिला आइरन चक्की खानबाट वञ्चित भएका छन् ।

सिगास गाउँपालिका जस्तै सुर्नया गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि आइरन चक्कीको अभाव रहेको छ । थोरै मात्रामा आइरन चक्की स्वास्थ्य संस्थामा पुगेको र त्यो गर्भवती महिलाका लागि कम हुँदा धेरैलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको शंकरपुर स्वास्थ्य चौकीका अनमी सुनिता भट्टले जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण गरेदेखि नै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव कायमै रहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि केन्द्रबाटै कम बजेट आएकाले समस्या भएको छ ।”  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -