स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

अर्थमन्त्री कार्की चुनावी प्रचारमा

सेयर गर्नुहोस

इटहरी, ९ मंसिर : नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली काँग्रेसलाई मत दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार समेत रहनुभएका कार्कीले काँग्रेसलाई विजयी गराए देशको विकास हुने बताउनुभयो ।

अर्थमन्त्री कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रको भोक्राहा–४ मेहता बस्तीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नं ४ मा महामानव बिपी कोइरालाले २००७ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो आम चुनाव लडेको स्मरण गर्नुभयो । उहाँले राजनीतिक कर्मथलो भएकाले पनि उक्त निर्वाचन क्षेत्र काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

“काँग्रेसले जहिले पनि किसानलाई केन्द्रबिन्दुमा राखेर विकास निर्माणका काम गर्छ,” उहाँले भन्नुभयो । देशको अर्थतन्त्र कृषिमा निर्भर रहिआएकाले किसानको जीवनस्तर व्यवस्थित गर्नका लागि व्यवस्थित सिँचाइ सुविधासँगै अबको पाँच वर्षभित्र आमूल सुधारका विकास योजना कार्यान्वयनमा ल्याउने अर्थमन्त्री कार्कीको भनाइ थियो ।

क्षेत्र नं ४ अन्तर्गतका कृषियोग्य जमिनमा थप सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सरकारले रु पाँच करोडको सुनसरी सिँचाइ योजनाको टेण्डरसमेत गरिसकेको उहाँले बताउनुभयो । युवा स्वरोजगारका लागि काँग्रेसले पाँच वर्षभित्र ठोस योजना कार्यान्वयन गर्ने खाका तयार गरेको उहाँले बताउनुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -