स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

अतिसम्बेदनशील मतदानस्थल

सेयर गर्नुहोस

भद्रपुर, ८ मंसिर:  झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो । यस जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४ सम्बेदनशील र १३० मतदान स्थललाई समान्य रहेको प्रहरीले जनाएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँचजना प्रतिनिधिसभा र १० प्रदेशसभाका प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा पाँच लाख ८५ हजार १६६ जनाले मतदान गर्ने भएका छन् ।

यसैगरी, प्रत्येक मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हिजोदेखि तालीम शुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानस्थललाई व्यवस्थित, मर्यादित, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्न अपनाउनुपर्ने विधि तथा प्रक्रियाका बारेमा ज्ञान दिनु तालीमको उद्देश्य रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो । निर्वाचनमा लगभग पाँच हजार ५०० कर्मचारी खटिने अधिकारी आचार्यले जानकारी दिनुभयो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -