स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

मौन अवधिको पूर्ण पालना गर्नुस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

सेयर गर्नुहोस

काठमाडौँ, ८ मंसिर:  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई पुनः आह्वान गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो– “मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उहाँहरुलाई स्वतन्त्ररुपमा छोड्दिन म आग्रह गर्छु ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदन केन्द्र निर्माणमा सहयोग पु¥याउन सरोकारवाला सबै पक्षलाई सुझाव दिँदै हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि मतदानमा खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको छ भन्नुभयो ।

शान्तिपूर्णरुपमा धैर्यताका साथ मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै उहाँले स्थानीय तहको निर्वाचन जस्तै उत्साहजनक सहभागिता जनाई उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभयो ।

सुरक्षामा खटिएका जनशक्तिलाई चनाखो भएर आममतदाता, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि उहाँले निर्देशन दिनुभयो ।   रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -