स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

नर्वाचनको अन्तिम तयारीमा इलाम

सेयर गर्नुहोस

इलाम, ८ मंसिर:  यस जिल्लामा दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको व्यवस्थापन कार्य द्रुत गतिमा आगडि बढाएको छ ।

इलामका लागि आवश्यकपर्ने सबै मत तथा अन्य सामग्री आइपुगेकाले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा यस जिल्लाका कूल दुई लाख चार हजार ५० मतदाताका लागि आवश्यकपर्ने निर्वाचन सामग्री क्षेत्र तथा केन्द्रअनुसार छुट्याएर ‘प्याकेज’ गर्ने कार्य भइरहेको छ ।

प्रमुख निर्वाचन अधिकृत कृष्ण सुवेदीका अनुसार निर्वाचन शिक्षा, निर्वाचनका लागि आवश्यक सामग्रीको मतदानकेन्द्रअनुसार प्याकेजिङ भइरहेको छ । यस क्षेत्रमा एक लाख दुई हजार ९८४ मतदाता छन् । यस क्षेत्रको प्रतिनिधिसभामा सदस्यमा १० वटा राजनीतिक दलका दशै जनाले नै उम्मेदवारी दिएका छन् ।

त्यसैगरी यस क्षेत्रको प्रदेश नं १ का ५३ हजार ७१५ मतदाताले सात राजनीतिक दलका सातैजना उम्मेदवारबाट आफ्नो प्रतिनिधि चुन्नुपर्नेछ भने प्रदेश नं २ का ४९ हजार २६९ मतदाताले १० राजनीतिक दलका १० र एक जना स्वतन्त्र गरी ११ जना उम्मेदवारबाट आफ्नो जनप्रतिनिधि छनोट गर्नुपर्नेछ ।

प्रमुख निर्वाचन अधिकृत सुवेदीका अनुसार यस निर्वाचन क्षेत्रमा कूल २६६ मतदान केन्द्र तोकिएको छ । जसमध्ये प्रदेश नं २ मा १३७ पर्छ भने बाँकी क्षेत्र नं १ मा पर्छ । उहाँले भन्नुभयो, “सबै केन्द्रका लागि आवश्यकपर्ने जनशक्ति तथा सामग्रीको अन्तिम तयारीमा जुटेका छौँ ।

यस जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ मा मतपेटीका छुट्याउने र मतपत्र प्याकिङको काम अन्तिम चरणमा पुगेको छ । यस निर्वाचन क्षेत्र हेर्ने निर्वाचन अधिकृत आत्मदेव जोशीका अनुसार निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।

यस क्षेत्रमा कूल एक लाख एक हजार ६२ मतदाता छन् । त्यसमध्ये प्रदेश नं १ मा ५१ हजार ४५६ र प्रदेश नं २ मा ४९ अजार ६०६ मतदाताले मत खसाल्नेछन् । यस क्षेत्रको १ नं प्रदेशमा ६६ र प्रदेश नं २ मा ६३ मतदान केन्द्र तय गरिएको छ ।

प्रतिनिधिसभाका लागि आठ राजनीतिक दलका आठ जना उम्मेदवारले भाग लिएका छन् भने प्रदेश नं १ र २ मा क्रमशः सात राजनीतिक दलका सातैजना उम्मेदवार र आठ राजनीतिक दलका र आठ जनै उम्मेदवारको प्रतिस्पर्धा हुनेछ ।

प्रमुख निर्वाचन अधिकृत सुवेदीका अनुसार यहाँको निर्वाचन सामग्री एक दिनमा सबै मतदान केन्द्रमा पु¥याउन सकिन्छ र प्रायः सबै केन्द्रसम्म सवारीसाधन पुग्ने भएकाले प्राविधिकरुपमा कठिनाइ छैन ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -