स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

राष्ट्रियता, लोकतन्त्र र शान्तिका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने

सेयर गर्नुहोस

बुटवल, ६ मंसिर:  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राष्ट्रियता, लोकतन्त्र र शान्ति प्रक्रियालाई मजबुत बनाउन नेपाली काँग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ ।

निर्वाचन परिचालन समिति केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिको आयोजनामा मंगलबार बुटवलमा भएको मतदान प्रशिक्षणमा उहाँले काँग्रेसको जनआधार र माहोल बनेको देखेकै कारण वाम गठबन्धन भएको हो भन्नुभयो ।

नेता खाँणले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३८ प्रतिशत सिटमा नेपाली काँग्रेसले जित्ने दाबी गर्दै बदर मत रोक्न सके यो संख्या बढ्ने जिकिर पनि गर्नुभयो ।

प्रशिक्षणमा सहभागी ५ नम्बर प्रदेश अन्तर्गतका जिल्लाबाट सहभागी १७० जनालाई नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि अधिवक्ता अनिता शर्माले प्रशिक्षण दिलाउनुभएको केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिका सदस्य कुलप्रसाद लामिछानेले बताउनुभयो ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -