स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

२ नं प्रदेशमा मधेस सरकार बन्ने विश्वास

सेयर गर्नुहोस

महोत्तरी, २६ कात्तिक:  राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर २ नं प्रदेशमा मधेश प्रदेश सरकार बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गृह जिल्ला महोत्तरीको औरहीस्थित आफ्नै निवास आज बिहान पत्रकारसँग कुरा गर्दै महोत्तरी क्षेत्र नं २ मा राजपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका भण्डारीले अब बन्ने केन्द्रीय सरकार राजपा र संघीय समाजवादी फोरम नेपालविना बन्न नसक्ने ठोकुवा गर्नुभयो ।

अब यो निर्वाचनपछि हरेक विभेदलाई संविधान संशोधनमार्फत अन्त्य गरिने धारणा उहाँले राख्नुभयो ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -