स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

जनताको चाहना र देशको माग नै वाम गठबन्धन

सेयर गर्नुहोस

पोखरा, २५ कात्तिक । नेकपा (एमाले) को निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारीले जनताको चाहना र देशको माग नै वाम गठबन्धन रहेको बताउनुभएको छ ।

कास्की क्षेत्र नं १ (क) अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–२७ को डाँडाका नाकमा स्थापना गरिएको वाम गठबन्धनको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उहाँले गठबन्धनले दिगो शान्ति र समृद्ध नेपाल बनाउने अभियानमा सरिक भई देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले स्पष्ट बहुमतको सरकार बनाई अस्थिर राजनीतिको अन्त्य गर्दै देशको आर्थिक समृद्धि र विकास गर्ने लक्ष्य गठबन्धनको भएको स्पष्ट पार्नुभयो ।

वाम गठबन्धन क्षेत्र नं १ का संयोजक विजयबाबु वनवासीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा क्षेत्र नं १ (क) का उम्मेदवार दीपक कोइराला र सहसंयोजक छविलाल लामिछानेलगायत वक्ताले गठबन्धनलाई मत दिन आग्रह गर्नु भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -