स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने: नेता नेपाल

सेयर गर्नुहोस

काठमाडौँ, २५ कात्तिक;  नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकका ठूला विकाससम्बन्धी परियोजनामा स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने बताउनुभएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–८, गोठाटारमा संयुक्त वामगठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले त्यस किसिमको लगानीले स्वदेशमा उत्पादनको प्रतिफल प्राप्त हुने र स्वदेशी लाभान्वित हुने बताउँदै आफ्नो नेतृत्वको सरकारले स्वदेशी पूँजीबाट तामाकोशी परियोजना सञ्चालनको कार्य शुरु गरेको र त्यो अहिले ९८ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले कागेश्वरी मनहरा, शंखरापुर र चाँगुनारायण नगरपालिकालाई जोडेर ठूलो शहर विकास गर्न सकिने आफ्नो योजना रहेको सुनाउँदै त्यस कार्यबाट करिब एक लाख रोजगारीको अवसर सिर्जना हुने जानकारी दिनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका नेता नेपालले जोरपाटीदेखि साँखुसम्मको सडक विस्तार र स्तरोन्नतिका लागि रु एक अर्ब ५४ करोडको ठेक्का भएको बताउँदै समयमै सो कार्य सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -