स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

धार्मिक स्वतन्त्रताका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्: प्रम

सेयर गर्नुहोस

 

पाँचथर, २५ कात्तिक:  प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक स्वतन्त्रताका लागि पनि अहिलेको प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठवन्धनलाई जिताउनुको विकल्प नरहेको बताउनुभएको छ ।

सदरमुकाम फिदिममा १६ औँ राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको आज १३३ औंँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति देउवाले मुलकमा प्रजातन्त्र, लोकतन्त्रको नेतृत्वदायी भूमिका काङ्ग्रेसले गरेको र अब प्रजातन्त्र लोकतन्त्रलाई बचाउनका निम्ति पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले लब्रेकुटीलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलका रुपमा परिचित गराउन लुम्बिनीजस्तै स्थल बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

काँग्रेस नेता बालकृष्ण खाँडले लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको जिकिर गर्दै लोकतान्त्रिक गठवन्धन विजयी भए लोकतन्त्र बच्ने बताउनुभयो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पाँचथरबाट प्रतिनिधिसभाका उम्मेदवार भीष्मराज आङ्देम्बे, पार्टीका पाँचथर क क्षेत्रका उम्मेदवार नरेन्द्रकुमार केरुङ, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङलगायत पाटीका जिल्लास्तरका नेता कार्यकर्ताले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -