स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

मतदाता समृद्धिको पक्षमा

सेयर गर्नुहोस

भद्रपुर, २५ कात्तिक:  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजकिँदै जाँदा उम्मेदवारले मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

झापा क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा र वामगठबन्धनका तर्फबाट नेकपा(एमाले) का उम्मेदवार पवित्रा निरौला (खरेल)सहित ११ उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् ।

यस्तै, क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा काँग्रेसका लक्ष्मण खड्का र प्रदेशसभा ‘ख’ का खड्गप्रसाद प्रसार्इं तथा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका एकराज कार्की र ‘ख’ मा बृखबहादुर प्रधान मतदातालाई आ–आफ्ना पक्षमा आकर्षित गर्न मतदातालाई रिझाउन थालेका छन् ।

अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका नौवटा वडा, वुद्धशान्ति गाउँपालिका– १, २ र ३ तथा कन्काई नगरपालिका– ८ र ९ वडा रहेको यस क्षेत्रमा कुल एक लाख १८ हजार २०४ मतदाता रहेका छन् । काँग्रेस उम्मेदवार थापा अर्जुनधारा नगरपालिका निवासी हुन भने एमाले उम्मेदवार निरौला विर्तामोड नगरपालिका निवासी हुन् ।

विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा थापा एमालेका प्रेम गिरी तथा निरौला काँग्रेसका सुधीर शिवाकाटीसँग पराजित भएका थिए । जनताका माझ दुवैजना चिरपरिचित नेता हुन् ।

यस निर्वाचन क्षेत्रमा जंगली हात्तीको समस्या, अदुवा, टाङटिङ नदीको कटानको समस्या, कन्काई, अर्जुनधारा र विर्तामोड नगरपालिको फोहोर व्यवस्थापन, बेरोजगारी, विद्युत् विस्तार, खानेपानी, सडकबाटोलगायत समस्या रहेको अर्जुनधाराका केदार खड्का बताउनुहुन्छ ।

“समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई मत दिन्छौँ,” उहाँले भन्नुभयो ।

यस्तै पत्रकार कृष्ण हुमागाईं अब मुलुकमा स्थिर सरकारको आवश्यकता रहेको बताउनुहुन्छ । निर्वाचनमा मतदातालाई रिझाउन सवै दलले गाउँदेखि जिल्ला तहसम्म प्रचारप्रसार समिति बनाएका छन् । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -