स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

मतदाता शिक्षा तालीम

सेयर गर्नुहोस

भोजपुर, २५ कात्तिक:  आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भोजपुरमा ‘मतदाता शिक्षा’ तालीम प्रदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरद्वारा शुक्रबार यहाँ आयोजित उक्त तालीममा ७५ जना स्वयंसेवकको सहभागिता रहेको थियो ।

तालीमको पहिलो दिन ट्याम्के मैयुङ गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका सामाजिक परिचालकलाई तालीम दिइएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

यसैगरी शनिवार भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाका ७५ जना स्वयंसेवक गरी कुल १५० जनालाई सो तालीम दिइने जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले बताउनुभयो ।

भोजपुरमा यसपटकको निर्वाचनमा ५५ हजार ५२९ महिला र ५८ हजार ३६२ पुरुष गरी कुल एक लाख १३ हजार ८९१ मतदाता सहभागी हुने छन् ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -