स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने

सेयर गर्नुहोस
  • नेता टोपबहादुर रायमाझी………………..फाइल तस्विर.. .thetimesofnepal.com

    काठमाडौँ, २४ कात्तिक (रासस) ः नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताउनुभएको छ ।                                   उहाँले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको रासससँग काठमााडौँमा भएको भेटमा जानकारी दिनुभयो ।
    गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता पनि अर्घाखाँचीबाट प्रतिनिधिसभा उम्मेदवार रायमाझीले व्यक्त गर्नुभयो । उहाँले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा(माओवादी केन्द्र) ले राखेको जानकारी दिनुभयो ।

    अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने

    उहाँका सल्लाहकार सन्देश पौडेलले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा, युवा विकास र खेलकूद, कृषि खानेपानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध हुने बताउनुभयो । त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठा

    फाइल फोटो                                                                                          

    इने व्यवस्था मिलाइने जनाइएको छ ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -