स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

झापामा निर्वाचनको चहलपहल

सेयर गर्नुहोस

भद्रपुर, २४ कात्तिक : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुरेन्द्रकुमार कार्की र नेपाली काँग्रेसका तर्फबाट विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अगामी मंसिर २१ गते हुने प्रदेश नं १ अन्तर्गत निर्वाचनको समय नजिकिँदै गएपछि उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् ।

निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका कार्कीले मात्र निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् भने काँग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उभ्याएको छ । वाम गठबन्धनबाट एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएको छ । क्षेत्र नं १ मा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिका– ९ र १० वडा जोडिएको यस क्षेत्रमा एक लाख पाँच हजार ४७५ मतदाता छन् ।

यस क्षेत्रमा प्रतिनिधि सभाका लागि सात जना र प्रदेश सभाका लागि ‘क’ र ‘ख’ मा आठ÷आठजना उम्मेदवार छन् । प्रदेश सभामा काँग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेल तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’बाट एमालेकै गोपालचन्द्र बुढाथोकी उम्मेदवार हुनुहुन्छ ।

खुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्या रहेको यस क्षेत्रमा पनि जनताले स्वास्थ्य, सडक, बिजुली, सिँचाइ, शिक्षा, रोजगार जस्ता समस्या समाधान हुनुपर्ने र शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार र व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग अघि सारेका छन् ।

निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत बलियो देखिए पनि वाम गठबन्धनका उम्मेदवार गैरझापाली र नेपाली काँग्रेसका उम्मेदवार स्थानीय भएकोले निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने काँकरभिट्टाका विजय सुवेदी बताउनुहुन्छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -