स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल

सेयर गर्नुहोस

चितवनको घरदैलोमा अध्यक्ष प्रचण्ड

रत्ननगर, चितवन, २४ कात्तिक: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ ।

 

वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो ।
आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो — “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”

चितवन–३ का मतदातासँग भेटघाट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल । तस्बिर: नारायण ढुंगाना, रत्ननगर(चितवन) 

आज बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा अध्यक्ष दाहालले जनताले विकास चाहेको छ, त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

घरदैलोका क्रममा दाहाललाई स्थानीय मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुृभयो । घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए ।

घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह समेत गर्नुभयो ।

 

चितवन–३ का मतदातासँग भेटघाट गर्दै

आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।

यस्तै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिकलगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध उम्मेदवार समेत गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय भएको प्रचार संयोजक तथा काँग्रेस जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।            रासस

 

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -