स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

तीन महिनामा ५६ करोड राजश्व संकलन

सेयर गर्नुहोस

भद्रपुर, २३ कात्तिक : आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा आयकर रु १७ करोड ८५ लाख ६२ हजार, बहाल कर रु दुई करोड छ लाख ५३ हजार, ब्याजकर रु दुई करोड ९० लाख ५२ हजार, मूल्य अभिवृद्धि कर रु २१ करोड १८ लाख ५३ हजार, अन्तःशुल्क रु १० करोड ३० लाख १९ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ३२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु ३९ लाख ४६ हजार रहेको छ ।

करदाता सेवा कार्यालय इलाम र दमकमा रहेका यस कार्यालयको शाखाबाट समेत गरेर सो राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -