स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बोक्सीविरुद्ध सामाजिक शिक्षा दिने ‘अग्निदहन’

सेयर गर्नुहोस

काठमाडौँ, २० भदौ । बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ ।

सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिनुभयो ।

मान्छे बोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रले पोखराबाट प्रदर्शनमा ल्याउने उहाँले बताउनुभयो । उपाध्याय सो प्रतिष्ठानको अध्यक्ष पनि हुनुहुन्छ ।

चलचित्रमा वोक्सीप्रथाबारे भएका वास्तविक घटनालाई उतार्नाका साथै बोक्साबोक्सी समाजमा नहुने कुरा देखाइएको छ ।

उक्त चलचित्रको राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सार्वजनिकीकरण गर्नुभएको थियो ।

चलचित्रमा प्रकाश घिमिरे, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, दुर्गा न्यौपाने र विष्णु बास्तोलाको भूमिका छ । घनश्याम लामिछानेद्वारा निर्देशित र लोकमणि पौडेलद्वारा लेखिएको उक्त चलचित्र मकवानपुर, चितवन, पोखरा र काठमाडौँमा छायांकन गरिएको हो ।

करिब रु ८० लाख लागतमा निर्माण गरिएको चलचित्रलाई मैथिली र भोजपुरी भाषामा पनि बनाइने अध्यक्ष उपाध्यायले बताउनुभयो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -