स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

बाढीपीडितका लागि रु तीन लाखको औषधि वितरण

सेयर गर्नुहोस

उर्लाबारी (मोरङ), ४ भदौ । बाढीपीडितको उपचारका लागि मोरङको रतुुवामाई नगरपालिका–५ मा आज आयोजना गरिएको स्वास्थ्य शिविरमा रु तीन लाखबराबरको औषधि वितरण गरिएको छ ।

कोशी अञ्चल अस्पताल विकास समिति र पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरको संयुुक्त आयोजनामा भएको शिविरमा सो क्षेत्रका ३५० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा उपचार गराउन आउनेलाई रु तीन लाख मूल्य बराबरको औषधि वितरण गरिएको औषधि व्यवसायी दिना मण्डलले बताउनुुभयो ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट रोशन पोखरेलसहित आठजना चिकित्सकले शिविरमा आएको बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

शिविरमा आएका बिरामीमा वर्षा र बाढीका कारण छालासम्बन्धी रोग साथै पेट दुुख्ने र कान दुुख्ने बिरामी बढी रहेका थिए । नेपाल सरकारको सहयोगमा अन्य स्थानमा पनि शिविर सञ्चालन गरेर बाढीपीडितलाई निःशुुल्क औषधि वितरण भइरहेको मेडिकल स्टोरका प्रमुुख भरत साहले बताउनुुभयो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -