स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

गणेशमान प्रतिष्ठानले १५ हजार प्याकेट जीवनजल पठायो

सेयर गर्नुहोस

काठमाडौँ, ३ भदौ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले मुलुकका विभिन्न बाढी प्रभावित क्षेत्रमा १५ हजार प्याकेट जीवनजल आज पठाएको छ ।

प्रतिष्ठानले पहाडी तथा तराई जिल्लाका प्रभावितलाई झाडापखालाको संक्रमणबाट बचाउन विभिन्न संघ संस्थाबाट ३० हजार प्याकेट जीवनजल खरीद गरेकोमा त्यसमध्येबाट ५० प्रतिशत बाँके, बर्दीया, सुनसरी, धनुषालगायत जिल्लामा पठाउन शुरु गरेको हो ।

स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी ती जीवनजल आवश्यक परेका प्रभावितलाई वितरण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले प्राकृतिक प्रकोपबाट प्रभावितलाई ठूलो परिणाममा राहतको खाँचो औँल्याउँदै प्रभावितलाई सन्तुलित ढङ्गले राहत वितरण गर्न एकद्धार प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

उहाँले एकद्वार प्रणालीको अपव्याख्याका कारण स्वदेश तथा विदेशका दातृ संघसंस्थामा राहत सङ्कलनमा नकारात्मक सन्देश जानसक्ने हुँदा सञ्चार माध्यमले सो प्रणालीकाबारे सही व्याख्या, विश्लेषण गर्न माग गर्नुभयो ।

प्रतिष्ठानले सरकारको सम्बन्धित निकायलाई राहत सङ्कलनमा उत्साहको कमी आउन नदिनेतर्फ चनाखो भई सर्वसाधारणमा रहेको भ्रम हटाउन आग्रह पनि गरेको छ । प्रतिष्ठानको आग्रहमा नेपाल औषधि लिमिटेडले रु ९ पर्ने जीवनजल मोरङसम्म ढुवानी गरी रु ६.८० मा नै उपलव्ध गराउने समझदारी भएको छ ।

मुलुकका विभिन्न भागमा आएको प्राकृतिक प्रकोपबाट हालसम्म करिब १३५ को मृत्यु तथा ३० वेपत्ता र ४१ घाइते भएको गृह मन्त्रालयको अभिलेख छ । रासस
––––––––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -