स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

नाइजेरियामा अनौठो रोगका कारण दर्जनौँको मृत्यु

सेयर गर्नुहोस

अवुजा (नाइजेरिया), २ भदौ । नाइजेरियामा द्रूत गतिमा फैलिने ‘अनौठो रोग’ का कारण दर्जनौँ नागरिकको मृत्यु भएपछि रोगको बिषयमा अनुसन्धान सुरु गरिएको यहाँका अधिकारीले जनाएका छन् ।
शुरुमा पखाला, रगतसहित वान्ता, उच्च ज्वरो जस्ता लक्षणका कारण विरामी पर्ने यसै समस्याका कारण विरामीमा अत्यन्त कमजोरी देखिने र दुई चार दिनभित्र ज्यानै गुमाउने समस्याले विगत तीन हप्तामा ५० जनाको मृत्यु भएको छ । शुक्रबारसम्म रोगका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको द गार्जियन दैनिकले जनाएको छ ।
शुरुमा कोगी राज्यको पश्चिमी क्षेत्रका तीन गाउँमा एक बालकमा उक्त समस्या देखिएको र रोगका कारण गत साता उसको मृत्यु भएको थियो । सो गाउँमा पुगेको चिकित्सकसहितको स्वास्थ्य टोलीले गाउँमा पुगेर नमूना ल्यावमा पठाएको थियो । नमूना परीक्षणबाट गाउँमा अफ्रिकी मुलुकमा देखापर्ने गरेको लास्सा ज्वरो वा रक्तस्रावसम्वन्धी समस्या नभेटिएको बताउँदै उक्त रोग नयाँ प्रकृतिको भएको बताइएको छ ।
यस बिषयमा प्रभावित क्षेत्रमा पुगेका मेडिकल कन्सल्टेन्ट जेनेटे हाथोर्नले बिहीबार सञ्चारकर्मीसँग भन्नुभयो, “समस्या लास्सा ज्वरोका कारण भएको नभएको तर साच्चै के समस्या हो भन्नेमा हामीलाई थाहा हुन सकेको छैन । हामी अझै अन्तिम निष्कर्षमा पुग्न सकेका छैनौ ।”
विश्व स्वास्थ्य सङ्गठनका प्रभावित क्षेत्रमा उपलव्ध प्रतिनिधिले विरामीबाट नमूना सङ्कलन गरी थप परीक्षणका लागि पठाएकाले रिपोर्टपछि मात्र रोग पत्ता लाग्ने बताउनुभयो ।
कोगी राज्यका स्वास्थ्य प्रमुख साका आउदुले गाउँको अवस्था ‘गम्भीर’ भएको बताउनुभयो । सरकारले यसबारे पूर्ण जिम्मेवारी लिँदै अवस्थालाई छिट्टै नियन्त्रणमा ल्याइने बताउनुभयो । उहाँले रोगको छिट्टै निधान हुने बताउनुभयो । रासस÷सिन्ह्वा

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -