स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

चित्रकलामा मठमन्दिर, भुइँचालो र छाउपडी

सेयर गर्नुहोस

काठमाडौँ, २ भदौ । नयाँ युवा कलाकारको कला प्रस्तुत गर्ने उद्देश्यले आजदेखि ललितपुरमा ‘सामूहिक पेन्टिङ कला प्रदर्शनी’ शुरु भएको छ ।

नेवाः छे आर्ट ग्यालेरीको आयोजनामा पाटनस्थित ग्यालरी घरमा भएको प्रदर्शनीको साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले उद्घाटन गर्दै कविता र कला एउटै विषय भए पनि प्रस्तुति मात्र फरक हो भन्दै चित्रकलाबाट मानिसको भावलाई प्रस्तुत गर्न सकिने बताउनुभयो ।

कलाकार रुक्मिणी श्रेष्ठ, सुदेशा श्रेष्ठ, लक्ष्मी खोटेजु, जेनी घले र रविता किसीका २० चित्रकला प्रदर्शनीमा राखिएको प्रदर्शनीका संयोजक सरिता डंगोलले बताउनुभयो । मठमन्दिर, भुइँचालो, छाउपडीलगायत सामाजिक र सांस्कृतिक विषय चित्रण गरिएका चित्रकला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी यही भदौ मसान्तसम्म चल्नेछ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -