स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

बारपाकमा सिजनल फ्लु ः एकको मृत्यु, ३०० भन्दा बढी बिरामी

सेयर गर्नुहोस

गोरखा, ३२ साउन । गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ ।

साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

बारपाक गाउँमा तीन सयजनाभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन् । बिरामीमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या दिनहुँ बढ्दो छ । आज मात्रै ८० जनाभन्दा बढीको उपचार गरिएको दानीले बताउनुभयो ।

बिरामीको संख्या बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीबाट दुईजना डाक्टर बारपाक पठाइएको छ । डा विनोद दवाडी र डा सुजाता नगरकोटी मंगलबार बारपाक पुगेर बिरामीको स्वास्थ्य परीक्षणमा खटिरहेका छन् ।

बालिकाको मृत्युको कारण खुलेको छैन । रुघाखोकी, ज्वरो र निमोनिया वा अन्य रोगका कारण बालिकाको मृत्यु भएको हो भन्ने खुलेको छैन । दानीले भन्नुभयो, “दश दिनदेखि बारपाकमा सिजनल फ्लुको समस्या देखा परेपछि स्वास्थ्यकर्मी परिचालन गरेका छौं । थप औषधि र स्वास्थ्यकर्मीको टोली बिहीबार परिचालन गछौँ ।” बारपाक ‘गोरखा भूकम्प’ को केन्द्र गाउँ हो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -