स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

औषधि व्यवसायी संङ्घद्वारा ३० लाखको औषधि निःशुल्क वितरण

सेयर गर्नुहोस

काठमाडौं, ३१ साउन । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याएको छ ।

बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको छ ।

प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो – ‘प्राप्त तथ्यांकअनुसार अहिलेसम्म संङ्घले करिब रु ३० लाख मूल्य बराबरकोे औषधि निःशुल्क प्रदान गरिसकेको छ ।’ रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -