स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

स्वास्थ्यमन्त्री पोखरेलद्वारा जनकपुर अञ्चल अस्पतालको अनुगमन

सेयर गर्नुहोस

महेन्द्रनगर (धनुषा), १७ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज जनकपुर अञ्चल अस्पतालको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा अस्पतालमा उपचार गराउन पुगेका सेवाग्राहीले अस्पतालका चिकित्सकको लापरबाही तथा बिरामीसँग गरिने नराम्रो व्यवहारबारे मन्त्री पोखरेललाई गुनासो व्यक्त गरेका थिए ।

सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री पोखरेलले चाँडै नै स्वास्थ्य मन्त्रालयबाट एक विशेषज्ञ टोली पठाएर अञ्चल अस्पतालको वास्तविक अवस्था बुझ्ने र दोषीलाई कारवाही गर्ने आश्वासन दिनुभयो ।

अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामपरीक्षण यादवको आफ्नै निजी अस्पताल सञ्चालनमा रहेको बारे पनि सर्वसाधारणले मन्त्री पोखरेललाई जानकारी गराएका थिए । मन्त्री पोखरेलले पनि अवैद्यानिक रुपमा सञ्चालित अस्पताल, नर्सिङ होम र स्वास्थ्य संस्थालाई कार्वाही गरिने प्रतिबद्धता स्थानीयवासीसामु व्यक्त गर्नुभयो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -