स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

आम्दा अस्पताललाई रु दश लाख सहयोग

सेयर गर्नुहोस

काँकडभिट्टा ९झापा०, २९ असार । आम्दा अस्पताल झापालाई एक जापानीले रु १० लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।

अन्तर्राष्ट्रिय आम्दा जापानका अध्यक्ष रहनुभएका जापानका डा सुगानामीले मेचीनगरका नवनिर्वाचित प्रमुख तथा सो अस्पतालका अध्यक्ष विमल आचार्यलाई रु १० लाख रकम बराबरको चेक आज यहाँ हस्तान्तरण गर्नुभयो ।

जापान सरकारको सहयोगमा मेचीनगर–३ झापामा निर्माण भएको सो अस्पताल विसं २०६५ देखि सञ्चालनमा आएको छ । पन्ध्र श्ययाको सो अस्पताल मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ र आम्दा नेपालको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।

अस्पतालबाट झापाको मेचीनगर नगरपालिका र वरपरका बाहुनडाँगी, शान्तिनगर, धाइजन, ज्यामिरगढी, दुहागढी गाविससहित दक्षिण इलामको जिर्मले, कोलबुङ गाविसका स्थानीयले उपचार सेवा पाइरहेका गरेका छन् ।

अस्पतालमा तीन जना एबिबिएस चिकित्सक र २५ जना कर्मचारी कार्यरत छन् । प्राप्त रकम अस्पतालकै स्तरोन्नतिमा खर्च गरिने अध्यक्ष आचार्यले बताउनुभयो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -