स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

सेयर गर्नुहोस

भीमदत्तनगर, १७ माघ : कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ ।

केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजामा पर्ने भन्दै अवरोध पु¥याएको बेलौरीका स्थानीयवासीको दाबी छ । उक्त विषयलाई लिएर विवाद बढाउनुभन्दा संयुक्त सर्वे टिमले समस्या समाधान गर्ने भन्दै सो विषयमा अनावश्यक अपवाह नफैलाउने सहमति बनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सदस्य कुलवीर चौधरी, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बम, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट बेलौरीका भीमसिंह थापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) कम्पोजनगरका प्रमुख सन्दीपकुमार सिंहलगायत स्थानीय बुद्धिजीवीको छलफलसमेत भएको थियो ।

सो छलफलमा सीमानाकामा आवागमनमा दुवै पक्षबाट कुनै किसिमको अवरोध नगर्ने, सद्भाव कायम राख्ने र सीमामा हुने अपराधको रोकथामका लागि संयुक्त गस्ती गर्ने सहमति भएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले जानकारी दिनुभयो । उक्त विषयमा मंगलबार दुवैपक्षबीच सडक निर्माणस्थलमै सहमति भएको थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -