स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

ट्रम्प अर्को महिना बेलायत जाने

Trump - The Times Of Nepal - TON
सेयर गर्नुहोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जानुहुने भएको छ । नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

“राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने’ । ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जानुहुने उल्लेख गरिएको छ ।

आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उहाँले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्नु हुने भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -