स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

- ताजा -

- अहिले -

- टीओएन -विशेष -

- सम्पादकीय -

- ट्रेन्डिङ -

- बायोग्राफि -

- सिफारिस -

- लोकप्रिय -

सेयर गर्नुहोस
सेयर गर्नुहोस
सेयर गर्नुहोस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ ।

पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताउनभयो ।

प्रधानमन्त्री दाहालले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गर्नुभयो । उहाँले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताउनुभयो ।

“सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

उहाँले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताउनुभयो । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उहाँले बताउनुभयो ।

नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको भन्दै प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

“शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, उहाँले भन्नुभयो, “कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।”

उहाँले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गर्नुभयो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो ।

सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो ।

सेयर गर्नुहोस
सेयर गर्नुहोस

नेपाल सरकार अर्थमन्त्रालय र एसियाली विकास बैंक (एडिबी) बीच शिक्षा र महिला सशक्तिकरणका क्षेत्रमा वैदेशिक सहायता उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

सेयर गर्नुहोस
सेयर गर्नुहोस
सेयर गर्नुहोस
सेयर गर्नुहोस

बरिष्ठ गायक बुद्धिसागर बस्यालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । हालै आफ्नै युट्युब मार्फत बस्यालले माकुरी बोलको म्‍युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


गीत सार्वजनिक गर्ने क्रममा द टाईम्स अफ नेपालसँग कुाराकानी गर्दै बरिष्ठ गायक बुद्धिसागरले आफु स्वदेश वा विदेशमा हुँदा दर्शक श्रोताको अटुट माया पाईराखेको र उहाँहरुकै अनुरोधमा आफुले गीत गाएको बताउँदै, पहिलेका गीतहरुले जस्तै यो लोकगीत “माकुरी”ले पनि सर्वाधिक माया पाउने विश्वास प्रकट गरेकाछन ।

बुद्धिसागर बस्याल र टीका पुनको स्वर रहेको उक्त गितको संगीत तथा सब्द एक नारायण भण्डारी को रहेकोछ भने म्युजिक भिडियो निर्देशन निसान बानियाले गरेका छन ।

लामोसमयसम्मको क्यानडा बसाइ पछि स्वदेश फर्केका गायक बस्याल पुनः नेपाली गितसंगीतको क्षेत्रमा समर्पित भएका छन् । स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव हासिल गरेका बस्याललाई लोकसंगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक मानिन्छन् ।

शुभविवाह, बुढेसकालैमा, डाँफे नाचेर, बाजेका पालामा, छमछम पाउजुले, थिरिथिरी बाबु, लगाउ पीरती, लाहुरे, परेली, चश्मा लाएर लगाएतका गितहरुबाट संगित क्षेत्रमा सर्वाधिक चर्चा बटुल्लन सफल बस्यालका गीत समय सान्दर्भिक र जनजिब्रोमा झुण्डिरहेको पाइन्छ ।

गायक बस्यालको गितमाकुरी उनकै युटुवबाट हेर्न सकिने छ ।

सेयर गर्नुहोस
सेयर गर्नुहोस
सेयर गर्नुहोस
सेयर गर्नुहोस
सेयर गर्नुहोस
सेयर गर्नुहोस

” कोरोना महामारी रोकथाम र नियन्त्रण ” का सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित छलफल कार्यक्रममा मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल ( मेलान )का अध्यक्ष राजेन्द्र खड्काले राखेका धारणा – भिडियो

सेयर गर्नुहोस
सेयर गर्नुहोस

तीज विशेष : तीजको व्रत बस्ने शक्तिका लागि दर खादै यसरी रमाए महिलाहरु भिडियो

सेयर गर्नुहोस
सेयर गर्नुहोस

गायक सिद्धार्थ घिमिरेले आफ्नो पहिलो आधुनीक गित ‘ए हजुर’ बजारमा ल्याएका छन् । गीतसंगीतका कुशल बिद्यार्थी, कपिलवस्तु, पिपरा स्थाई घर भइ हाल काठमान्डौ बस्दै आएका घिमिरेलाई नवगायिका शिला लामाले साथ दिएकी छन् ।

अध्ययन गर्दा गर्दै संगीतमा रुचि भएपछी घिमिरे पछिल्लो समय काठमान्डौ मा सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचानका निम्ति कडा संघर्षरत छन्। उनका अन्य केही गीतहरु छिट्टै बजारमा आउने तयारीमा छन्।

यसअघि कालिको हासैं बबाल, सिंहदरबार, एक्लै यात्रा, दशैँ परदेशी, स्वर्गबास लगायतका दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरीसकेका घिमिरेले आफ्नै गीतमा भने अमृता भट्ट र एलेक्स बजगाईंलाई अभिनय गराएका छन्। अमृता भट्टको शब्दमा रहेको गितमा ओम सुनारले संगीत भरेका छन्।

हेर्नुहोस ‘ए हजुर’ गीतको भिडियो ।

सेयर गर्नुहोस
सेयर गर्नुहोस

बरिष्ठ गायक गायक बुद्धिसागर वश्यालले तिज गित चश्मालाएर सार्वजनिक गर्नुभएको छ ।


गीत सार्वजनिक गर्ने क्रममा द टाईम्स अफ नेपालसँग कुाराकानी गर्दै बरिष्ठ गायक बस्यालले आफु स्वदेश वा विदेशमा हुँदा पनि दर्शक श्रोताको अटुट माया पाईराखेको र उहाँहरुकै अनुरोधमा आफुले तीज गीत गाएको बताउँदै, पहिलेका गीतहरुले जस्तै यो तीज गीत “चश्मालाएर”ले पनि सर्वाधिक माया पाउने विश्वास प्रकट गर्नुभयो ।


यस अघि गायक बस्याल शुभविवाह, बुढेसकालैमा, डाँफे नाचेर, बाजेका पालामा, छमछम पाउजुले, थिरिथिरी बाबु, लगाउ पीरती, लाहुरे, परेली लगाएतका गीतहरुबाट संगित क्षेत्रमा सर्वाधिक चर्चा बटुल्लन सफल हुनु भएको थियो ।


गायक बस्यालको गीत चश्मा लाएर युटुवबाट हेर्न सकिने छ ।

सेयर गर्नुहोस

- विचार -

- फिचर -

- फोटो फिचर -

- सर्वाधिक -

- अन्य मिडिया -