स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

क्वारेन्टाइन बसेकालाई विनापरीक्षण घर पठाइँदै

क्वारेन्टाइन -The Times Of Nepal
सेयर गर्नुहोस

२७ वैशाख : यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ । भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका दुई सयभन्दा बढी व्यक्तिलाई जाँचविनै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।

क्वारेन्टाइनबाट घर पठाइएका उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ । प्रशासन कार्यालयको तथ्याङ्कानुसार १६५ नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडिटी गरिएको छ । कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो । त्यसमध्ये १२९ जनाको आरडिटी गरिएको र ३१ किट आकस्मिक अवस्थाका लागि राखिएको छ ।

प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नपठाइएको शर्माले बताउनुभयो । स्वास्थ्यचौकी भवन शिलान्यास सिस्ने गाउँपालिका वडा नम्बर ६ ढकालबारामा स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको छ । कोठे स्वास्थ्यचौकी भवन गाउँपालिका अध्यक्ष कुमारी बरालले आज शिलान्यास गर्नुभएको हो ।

एक वडा एक स्वास्थ्यचौकी निर्माण गर्ने सरकारको लक्ष्यानुसार भवन निर्माण हुन लागेको हो । जनतामा उपचारको पहुँच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य संस्था निर्माणको काम भइरहेको छ । ढकालबाराका चन्द्रबहादुर र धनबहादुर बुढाथोकीले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।

स्वास्थ्यचौकीको भवन निर्माणका लागि एमबी ग्रुप कम्पनीले रु ३२ लाखमा ठेक्का लिएको छ । कम्पनीसँग यही असार मसान्तभित्र काम सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । आफ्नो गाउँमै स्वास्थ्यचौकी स्थापना हुने भएपछि स्थानीयवासी खुशी छन् । यसैगरी गाउँपालिकाका वडा नम्बर ४ र ७ मा पनि स्वास्थ्यचौकी भवन निर्माणको काम शुरु भइसकेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -