स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

क्रोधरहित संसार द्धारा विद्यार्थीलाई प्रमाण पत्र वितरण

सेयर गर्नुहोस

काठमाडौ, पौष १६  : क्रोध रहित संसार र बुढानिलकण्ठ स्कुलको सयुक्त आयोजनामा संचालित भावानात्मक साक्षत्कार कार्यक्रम मा सहभागी भएका १२० जना विद्याथीैहरु लाई प्रमाणपत्र प्रदान गरेको हो ।


कार्यक्रममा चन्द्रगीरी नगरपालिकाका मेयर घनश्याम गीरी, बुढानिलकण्ठ स्कुलका प्रध्यानाध्यापक केशर खुलाल र क्रोध रहित संसारका अध्यक्ष देशमर्दन बस्न्यात लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो ।

कार्यक्रमा बोल्दै बक्ताहरुले क्रोध रहित संसारको भावानात्मक साक्षत्कार अभियानले व्यक्ति को व्यवहार र भावानात्मक संशाधन को विकास गर्नका लागी महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले विद्यालयका साथसाथै जन जन मा अभियान चलाउन सके शान्ति र समृद्धि नेपालको सपना पुरा गर्न सकिने बताए ।

शान्तिको सन्देश दिन क्रोध रहित संसारले यस अघि काठमाडौमा ८ औँ अन्तर्राष्ट्रियसम्मेलन समेत सम्पन्न गरेको थियो । उक्त सम्मेलनमा नेपाल सहित विश्वका भारत, अमेरिका, मलेसिया, इथोपिया, अष्ट्रेलिया, बेलायत, अष्ट्रिया, थाइल्याण्ड इजिष्ट लगाएतका विभिन्न देशका मनोवैज्ञानिकहरुले विश्वमा कसरी शान्ति ल्याउन सकिन्त छ भन्ने अनुुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेको कुरा क्रोध रहित संसारका अध्यक्ष देशमर्दन बस्न्यात ले जानकारी दिनु भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -