स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

काङ्ग्रेस आन्तरिक विवादमै

Nepali Congress, NC
सेयर गर्नुहोस

भक्तपुर, २२ चैत : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपाली काङ्ग्रेस यतिखेर प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बेलामा आन्तरिक विवादमै रुमलिएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस सूर्यविनायक वडा नं ८ को वडा कार्यालय समिति कार्यालयको आज उद्घाटन गर्दै उहाँले सरकारका गतिविधि नियाल्ने र त्यसको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहमा फसेको बताउनुभएको हो ।

काङ्ग्रेस पार्टी विधानसम्मतरुपमा अगाडि बढे पार्टीको सबै कलह अन्त्य हुने बताउँदै उहाँले यसतर्फ अग्रज नेताहरुले ध्यान दिन नसकेको भनाइ राख्नुभयो । नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरलाई भ्रष्टचारीमुक्त जिल्ला बनाउन चुनौती आएको धारणा राख्नुभयो ।

कार्यक्रममा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान जिल्ला समिति भक्तपुरका संयोजक विदुरमानसिंह बस्नेत, काङ्ग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति नारायणभक्त खायमलीलगायतले काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -