स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति अबुधाबी प्रस्थान

सेयर गर्नुहोस

(विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली)

जेनेभा, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’अन्तर्गत ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गरी यहाँबाट स्वदेश फर्कने क्रममा शनिबार अबुधाबीतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी ली र एन्टोनेटका साथैसंयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र राजदूतावासका वरिष्ठ अधिकृतले बिदाइ गर्नुभयो । यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत धितालले आफ्नै निवासमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -