राशिफल


साउन २५ गतेसम्म को राशिफल
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वादविवाद का साथै मन कमजोर रहला । अनावश्यक यात्रा हुनेछ । साताको अन्त्यबाट साहित्यिक धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भाग्यले साथ दिनेछ भने काम वा रोजगारको अवसर मिल्नेछ । आफन्तको सहयोगबाट मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । लामो दुरीको लाभदायक यात्रा हुनेछ । फजुल खर्च बढ्ने र अर्थअभाव हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सुख मिल्नेछ भनेसत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आयआर्जनका स्रोत पनि बढ्नेछन्। बुद्धिविवेक, मिहिनेतको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सजिलै अरूको मन जित्न सकिनेछ । काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । मानसिक चिन्ता बढ्नेछ । बुद्धिविवेक, मिहिनेतको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला व्यवधान आउने देखिन्छ । यात्रा गर्दा ध्यान दिनुहोला । प्रेममा खिन्नता बढ्नेछ । साताको अन्त्यमा मनोरञ्जन र यात्राको योग छ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत पनि बढ्नेछन्। मान प्रतिष्ठामा बृद्धि होला । धार्मिक, सामाजिक क्षेत्रमा भ्रमण हुनसक्छ अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । काममा सफलता प्राप्त हुनेछ । रमाइलो यात्राको योग रहेको छ । व्यापारमा रुचि बढ्नेछ । आत्मविश्वास बढ्नेछ ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परोपकारी कार्यमा संलग्न भइनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्। क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
यो साता कामको सिलसिलामा व्यास्त हुने समय रहेको छ । आफ्नैले अवरोध पुर्याउन सक्छन् । प्रतिष्ठामा दाग लाग्न सक्छ समस्याले सताउनेछ ख्याल गर्नुहोला ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । परिवेश रमाइलो देखिए पनि साताको मध्यमा कर्मयोगमा उतारचढाव आउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । कार्यमा व्यवधान आउने देखिन्छ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । साताको अन्त्यमा आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
शुभकार्यको चर्चा चल्नेछ । मन प्रसन्न रहनेछ । व्यापारलाई प्रतिस्पर्धाको उचाइमा पुर्याउन सकिनेछ। साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला ।
२०७६, साउनको राशिफल
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
यो महिनामा सामान्य व्यवधान देखिए पनि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पद–प्रतिष्ठा प्राप्त हुनेछ। । प्रेम र दाम्पत्य सुखमा रमाउने समय छ । पद–प्रतिष्ठा प्राप्त हुनेछ। । आर्थिक पक्ष सबल बन्नेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। घर–जग्गाका विषयमा केही वादविवाद हुने देखिन्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशी हुनेहरूकालागि असार महिनामा कामको नतिजाले उत्साह जगाउनेछ। । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। अचल सम्पत्ती हातपर्ने योगछ । व्यावसायिक काममा राम्रै राम्रो फाइदा हुने देखिन्छ। संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अचल सम्पत्ती हातपर्ने योगछ । मनमा शान्ति छाउनाले बोलीकैभरमा कार्य सम्पादन हुनाले महिना उत्साहवर्धक हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै पहिलेका आलोचक र प्रतिद्वन्द्वीहरू नै प्रेरक बन्नाले जोश जाँगर र हिम्मत वढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बुद्धिविवेक, मिहिनेतले काम गर्नुहोला सफलताको उचाइमा पुर्याउनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कट राशी हुनेहरू यो महिनामा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। फजुल खर्च बढ्ने र अर्थअभाव हुनेछ। । शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता भने दिलाउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यो महिना समग्रमा उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत पनि बढ्नेछन्। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। भौतिक साधन प्राप्त हुनेछन्। चोटपटक लाग्न सक्छ। महत्त्वपूर्ण सामान हराउने सम्भावना देखिएकाले सुरक्षामा विशेष सावधानी अपनाउनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समग्रमा यो महिना सकारात्मक महिना रहेको छ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ भनेसत्कार पाइनेछ । राजनैतिक सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाइको प्रसंसा गर्नेछन् । प्रेमसम्बन्ध लागि श्रेष्ठ समय छ । यो महिनामा विशेष अवसर प्राप्त हुनुका साथै कर्मयोगले उचाइमा पुर्याउनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
यो महिना परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि मेहनतले लक्ष्यमा पुर्याउनेछ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउने हुँदा सावधान रहनुहोला। बुद्धिविवेकको उपयोगले काम लिँदा पुरानो विवादसमेत सम्झौतामा टुंगिन सक्छ। नयाँ व्यवसाय तथा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। घर ,जग्गा खरिद तथा बिक्रिको योग छ ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बृश्चिक राशी हुनेहरूकालागि यो यो महिनामा प्रेमसम्बन्ध का लागि पनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । लामो यात्रा सुखद र सफल हुनेछ भने स्वास्थ्य र आम्दानीका दृष्टिले कमजोर रहनेछ। नयाँ काम थाल्ने योजनामा हुनुहुन्छ भने आफ्नैले अवरोध पुर्याउन सक्छन्, सचेत रहनुहोला। राजनीतिक प्रभाव पनि कमजोर रहने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
यो महिना त्यति राम्रो देखिँदैन, बन्न लागेको काम विग्रिनेछ । परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । काममा समय दिन नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्नेछ महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ। आँटले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रोकिएका काम बन्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ। परिवारमा सुख सन्तोष छाउला । शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। तर, अवसरका लागि मित्रता गाँस्नेहरू प्रशस्तै हुनेछन्। मिहिनेतको सफलताको उचाइमा पुर्याउनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
केही दौडधुप गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। विदेशयात्राको अवसर प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । धेरै आर्जन गर्न नसकिए पनि दैनिक व्यवहारमा सीमित व्यापारलाई प्रतिस्पर्धाको उचाइमा पुर्याउन सकिनेछ। अस्वस्थताले काममा बाधा पुर्याए पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
यो महिनामा शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद अउने सम्भावना छ। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। आफ्नो अधिकार जोगाउन समयमा सगज रहनुपर्ला। महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । गनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ।
विक्रम सम्वत् २०७६ को राशिफल
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेष राशी हुनेहरु का यो बर्ष आँटेको कार्यबाट सफलता मिल्नु को साथै विभिन्न तहबाट मान सम्मान पाउने योग छ । वित्तिय संस्थामा र तरल एवं ल तत्वमा गरेको लगानी लाभदायी हुनेछ । आर्थिक दृष्टिले असार देखि फाल्गुन महिना सम्म लाभ मिल्नेछ भने कार्तिक र चैत्र महिनामा खर्चमा वृद्धि हुनेछ । विद्यार्थीरुले विद्या तथा बौद्धिक कार्यमा विशेष सफलता पाउनु को साथै अध्ययन तथा अध्यापनको शिलशिलामा बिदेश स्थानान्तरण समेत हुने योग छ । प्रेमरसम्बन्ध मा भने सोच विचार गरेर मात्रै निर्णय लिनु उचित हुनेछ । प्रलोभनमा नपरेको राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनुको साथै प्रमोसनको सम्भावना छ । स्वास्थ्या मा भने सामान्य उपचार खर्च बढ्सक्छ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशि भएका व्याक्तिहरुका लागि २०७६ साल राम्रे रहनेछ । भौतिक तथा वैदेशिक यात्राबाट सफलता मिल्नेछ । शनिको कारण अनावस्यक झमेलामा परेपनि सत् बुद्धि को कारण भाग्य वृद्धि हुनेछ । प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । पारिवारिक सम्बन्ध मजबुत बनन्नेछ । विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ । व्यापार वा कृषि क्षेत्रको व्यावसायबाट धनार्जनगर्न सकिनेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । शेयर बजार र नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याउनु राम्रो हुनेछ । विज्ञान र राजनीतिक क्षेत्रका शिक्षार्थीहरूलाई विशेष सफलता मिल्नेछ । विदेशको यात्रा हुनेछ । जागिरबाट त्यति सफलता नभए पनि वैदेशिक रोजगार भने राम्रै हुनेछ खोज मुलक क्षेत्रका प्रगति हुनेछ । प्रतिश्पर्धामा नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ तर न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । स्वास्थ्य आसींक भय तथा परिवारको स्वाथ्यमा धन खर्च हुनेछ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुन राशी हुने हरुका लागि यो वर्षको मध्यमाभने केहि समस्याको सामना गर्नु परेपनि घर परिवारमा मंगल कार्यको योग बन्नेछ । लाभदायक यात्राहरूका साथै नयाँ काम एवं रोजगारको अवसर आउनेछ । बर्षको अन्त्यमा शनिको अढैया रहेको कारण जन्म कुण्डलिमा यदि शनि कमजोर भए काम बिग्रिने, झुटा आरोप लाग्ने तथा काममा ढिलासुस्ती हुनेछ । व्यावसायीक दृष्टिले एस वर्ष मिश्रित फल मिल्नेछ । अग्रजजनाको सुझाव लिएर नयाँ व्यावसायमा लगानि गर्नु राम्रो हुनेछ । धातु तथा होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । घर जग्गाको लगानीबाट नोक्सान हुन साक्छ । आर्थिक दृष्टिले लाभ मध्यम छ भने खर्च अधिक देखिन्छ । मिथुन राशीका विद्यार्थीहरूलाई अध्यन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने पढाईमा केहि कमि आउनेछ ।प्रेममय सुखले मन प्रफुल्लित हुनेछ । मित्रताको बन्धन गाढा हुँदै जानेछ । तर बर्षको मध्यम तिर वाणी का कारण जीवन साथी र आफन्तसंगको सम्बन्ध भने विग्रने अवस्था आउनसक्नेछ । उपचार खर्च बढ्ने अधिक सम्भावना भएकाले सजक रहनु होला । सरकारी कर्मचारीहरुको लागि यो वर्ष निकै राम्रो हुनेछ । प्राइभेट जागिरे हरुको लागि भने सरुवा र बढुवाको योग रहेकोछ ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कट राशी हुनेहरुकालागी यो वर्ष शुभ रहनेछ । शुभ फल मिल्नुका साथै सन्तानमा सुख मिल्नेछ । धार्मिक क्षेत्र मा रुचि बढ्नुको साथै राज्य तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । यो वर्ष वर्षको उत्तरार्धमा बैंकिंङ कारोबारबाट अधिक फाइदा हुनेछ । फेन्सी तथा सजावटिका व्यवासायीलाई राम्रो फाइदाको साथै अचल सम्पति जोड्ने समय रहेकोछ । आर्थिक दृष्टिकोणले जेठ, असोज र पौष महिना शुभ रहेका छन् । शैक्षिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । विदेशिएका विद्यार्थीहरूले अधिक सफलता हाँसिल गर्नेछन् । गणित विषयभने कमजोर नै रहनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । यो वर्षमा नयाँ रोजगारको अवसर को साथै निजामती कर्मचारी हरुको सरुवा तथा बढुवा हुने योग छ । लगानीको राम्रो वातावारण मिल्नेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो देखिन्छ । यो वर्ष औषधि उपचार खर्च बढ्नेछ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह राशी हुनेहरुकालागी २०७६ साल सामान्य देखिन्छ । थोरै प्रतिफल प्राप्त गर्न धेरै मिहिनेत गर्नु पर्ने। देखिन्छ देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । पारिवारिक सम्बधमा सुधार ल्याउनेछ र भौतिक सम्पत्ती जोडिनेछ । सिंह राशिकोलागि यो बर्ष को सुरुमा आर्थिक सामस्या बढ्नेछ तत्पश्चात सामान्य हुँदै जानेछ । उपकरण तथा मेसिनरीका क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ भने खाद्यान्नमा गरेको लगानीबाट दिर्घकालिन प्रतिफल मिल्नेछ । यो वर्ष शैक्षिक क्षेत्र पनि सामान्य रहनेछ । विद्यार्थीहरूलाई सोचेभन्दा कम अङ्क मिल्ने सम्वाभना छ भने साहित्य तथा शोधका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । प्रेम सम्बन्धमा केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ । आफन्त तथा घर(परिवार बाट टाढिनु पर्ने हुनसक्छ । वित्तिय संस्थामा आवद्ध व्यक्तिहरुलाई राम्रो हुनेछ । नयाँ व्यापार वा रोजगारको अवसर मिल्नेछ ।सरुवा एवं बढुवाको योगपनि रहेकोछ । वैदेशिक रोजगारमा जान चाहने हरुकोलागि बाटो खुला छ । खानपानमा बिशेष ख्याल गर्नुहोला । औषध उपचारमा खर्च बढ्नेछ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
यो वर्ष कन्या राशीका लागि राम्रै रहनेछ । अधुरा कार्यले पूर्णता पाउनुको साथै सम्मान एवं पदोन्नति हुनेछ । यो वषको अन्तिम समयमा काम नबन्ने र विचलन आएता पनि वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । शैक्षिकक्षेत्रबाट विज्ञान तथा इञ्जिनियरिङ्ग विषयका विद्यार्थीहरूलाई भने विशेष प्रतिफल मिल्ने प्रेम सम्बन्ध गाढाभई परिणाममुखी बनाउन सकिने योग रहेको छ । व्यापार दृष्टिले फेन्सी तथा पहिरनको व्यापार फस्टाउनेछ । घरजग्गाको कारोवारमा भन्न सकिन्न । लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला । देखिन्छ । यो वर्ष जागिर भन्दा व्यापारबाट राम्रो सफलता प्राप्त गर्न सकिने देखिन्छ भने सामाजिक क्षेत्रमा भने समस्या खेप्नु हुनसक्छ । स्वाथ्य उपचारमा धन खर्च देखिन्छ । यात्रा गर्दा सचेत रहनुहोला ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
२०७६ साल तुला राशीका शुभरअशुभ मिश्रीत भएका कारण महत्वपूर्ण निर्णय लिंदा पूर्व अग्रज को सल्लाह लिनु राम्रो हुनेछ । अनावस्यक झमेला आउन सक्छ । वर्षको पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो रहनेछ । प्रेम मा पनि यो वर्ष शुभरअशुभ मिश्रीत भएका कारण सचेत रहनुहोला । व्यापार, शेयर बजार, ढुकुटी, र बैंकिंग क्षेत्रमा गरिएको लगानी बाटपनि राम्रै प्रतिफल पाईनेछ । पढ़ाईको सिलसिलामा विदेशको योग छ । नयाँ कार्यको अनुभव मिल्नु को साथै श्रमको उचित मूल्यांकन हुनेछ । स्वाथ्य मा पनि यो वर्ष शुभरअशुभ मिश्रीत भएका कारण सचेत रहनुहोला ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वृश्चिक राशी हुनेहरूको लागि यो वर्ष राम्रो रहनेछ । सुरुमा संघर्षको सामना गर्नु परेपनि अरु समयमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । यो वर्षको अन्त्यमा जन्म कुण्डलीमा शनि कमजोर रहने हरूलाई गरेको कार्यमा उल्झन तथा चोटपटकको भयपनि रहनेछ । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुन सक्ने देखिन्छ । अध्यन अध्यापनको क्षेत्रमा बर्षको मध्य बाट बढी सफलता मिल्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । नयाँ प्रेम प्रस्ताव समेत आउन सक्नेछ । मित्रबाट भरपूर सहयोग मिल्नेछ । रोजगारको अवसरको साथै प्रमोसनको सम्भावना छ । खानपानमा विचार गर्नुपर्नेछ । पारिवारिक उपचारमा खर्च बढ्नेछ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
२०७६ साल धनु राशी भएकाहरुलाई शुभ भन्दा अशुभ धेरै देखिन्छ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले सजग रहनुहोला । सजावटीमा गरेको लगानीबाट भने सफलता मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । आफन्त संग नयाँ सम्बन्ध कायम हुनेछ भने विदेश संगको सम्बन्ध भने बिग्रिन सक्छ । शैक्षिकक्षेत्र भने सामान्य नै रहनेछ । अध्ययनको शिलशिलामा विदेशको यात्रा हुनेछ । नयाँ जागिर वा रोजगार मिल्नेछ । तर शनि कम्जोर हुनेहरुकलागि भने ताके अनुरुप काम नबन्नाले दिक्क लाग्नेछ । प्रजनन शक्तिमा ह्रास आउने सम्भावना भएकाले सचेत रहनुहोला ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
२०७६ साल मकर राशी हुनेहरूकालागि चुनौतिपूर्ण देखिन्छ । यो वर्ष शुभरअशुभ मिश्रीत प्रतिफल पाईनेछ । व्यापार दृष्टिले यो वर्ष मध्यम नै रहनेछ । वैदेशिक लगानीको अवसर मिल्नेछ । आभूषण तथा कपडाको व्यापार फस्टाउनेछ भने घरजग्गाको कारोवारमा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला । प्रेम सम्बन्ध प्रगाढ हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । शैक्षिकक्षेत्रबाट राम्रै सफलता पाउनेछन् ।लगानी वा नयाँ रोजगारको अवसर मिल्नेछ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि भने आर्थिकपक्ष केहि कमजोर रहने देखिन्छ । स्वाथ्यमा समस्या आउन सक्छसचेत रहनुहोला ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यस वर्ष कुम्भ राशी हुनेहरूकालागी आँटेको पूर्णता पाउने योग छ । बुद्धिको उपयोग गर्नाले जटिला ठानिएको काम सहज बन्नेछ । भौतिक सुख तथा वाहन लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । कृषि,चौपया, विमाक्षेत्र र होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । पढाई लेखाईमा उल्लेख्य सुधार हुनेछ । विदेशिएका विद्यार्थीहरूलेपनि सफलता हाँसिल गर्नेछन् । अधिकांस प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै जानुको साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकन ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । संचार क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई निकै राम्रो हुनेछ । हपारिवारिको स्वस्थय उपचारमा अधिक खर्च हनेछ । खानपानमा विचार पुर्याउनु होला ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
२०७६ साल मीन राशि भएका व्याक्तिहरुका लागि उत्कृष्ट रहनेछ । शुभ फल मिल्नुका साथै सन्तान सुख र भौतिक सुख तथा घरमा मांगलिक कार्यको योग समेत रहेको छ । व्यावसायीक दृष्टिले एस वर्ष राम्रै प्रतिफल मिल्नुको साथै बैदेशिक लगानीका लागि समय राम्रो छ । शैक्षिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अधिक सफलता हाँसिल गर्नेछन् । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । टाढिएका मित्रसँग नजिकिने समय छ । प्रतिस्पर्धामा उत्तीर्ण भई नयाँ जागिरको अवसर सिर्जना हुनेछ । स्वास्थ्य र यात्रामा विशेष सावधानी अपनाउनु पर्नेछ ।
Share this:

-ज्यो.प.जिबलाल पोखरेल

९८४३३०३४०९
(अधिक जानकारीको लागि )