स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

मौसम खराबीले हेलिकप्टर अवतरण भएन

सेयर गर्नुहोस

बाजुरा, २३ साउन । बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको शव ल्याउनका सुर्खेतबाट आएको हेलिकप्टर त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेन ।

शनिबार राति ८.३० बजे लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका– ५ का वडा अध्यक्ष बोहराको मृत्यु भएको थियो ।

मृतकको शव गृह जिल्ला लिनका लागि आएको हेलिकप्टर मौसम खराबीका कारण घटनास्थलतर्फ जान नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।

बोहराको मृत्यु भएको एक दिनपछि आएको हेलिकप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण त्रिवेणी लैजान समस्या भएको हो । घटनामा तीनजना प्रहरी र मृतकका आफन्त मात्र साथमा रहेको प्रहरीको भनाइ रहेको छ ।

शवलाई हेलिकप्टरबाहेक अन्य माध्यमबाट ल्याउन सक्ने अवस्था नरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताउनुभयो ।

शव ल्याउनका लागि हेलिकप्टर तयारीमा भए पनि मौसमले मुस्किल भएको निमित्त प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ । अहिले हेलिकप्टर समरजित गुल्मको सुरक्षामा राखिएको बताइएको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -