स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

चौतारामा ५० लाखको आपत्कालीन कोष

SINDHUPALCHOK, bagmati province
सेयर गर्नुहोस

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत सङ्कलन गरी राहत उपलब्ध गराउने उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो । यस्तै बैठकले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारको स्वास्थ्य परीक्षण गर्ने निर्णयसमेत गरेको छ । मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

बस्नेतले उल्लङ्घन गरेको आरोप


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लकडाउनका अवधिमा सरकारको नीति विपरीत कार्यकर्तासहित राहत बाँड्न निस्किएपछि विवाद उत्पन्न भएको छ । जिल्लाको विपद् व्यवस्थापन र स्थानीय सरकारले सबै राहत र स्वास्थ्य सामग्री एकद्धार प्रणालीमार्फत गर्ने भन्ने निर्णय गरेका बेला यसरी आउँदा महामारी फैलन सक्ने भनी स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीको अनुरोधलाई स्वीकार नगरी उहाँ सोमबार त्रिपुरासुन्दरी गापा–२ चोकटीमा स्वास्थ सामग्री लिएर पुग्नुभएको थियो । केही दिनअघि उहाँले बाह्रबिसेमा गर्नुभएको खाद्यान्न वितरण पनि विवादित भएकोे थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुनकोशी गाउँपालिका अध्यक्ष प्रेमलाल लामाले बस्नेतको गतिविधि समाजविरोेधी रहेको बताउनुभयो । गाउँपालिकाको बजेटले किनेको आइसोलेसन शै्यया बाँड्दै हिँडेर बस्नेतले सस्तो प्रचार गरेको लामाको भनाइ छ ।

बाह्रबिसे नगरका प्रमुख निमफुञ्जो शेर्पाले प्रेस विज्ञप्ति जारी गरेर बस्नेतको गतिविधिले विभिन्न शङ्का उत्पन्न गराएको र सरकारले जारी राखेको लकडाउनको गम्भीर उल्लङ्घन भएको बताउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -