स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

नौ जनाको स्वाब परीक्षण : १७ को ‘रिपोर्ट नेगेटिभ’, क्वारेन्टाइनमा एक मात्रै

coronavirus,COVID-19, Live Update - The Times Of Nepal
सेयर गर्नुहोस

नौमूले गाउँपालिकाबाट कोरोना भाइरस सङ्क्रमणका आशङ्कामा नौ जनाको स्वाब सोमबार नमूना परीक्षणका लागि सङ्कलन गरी लगिएको छ ।. स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा निर्देशनालयका र स्वास्थ्य कार्यालय दैलेखको टोली नौमुले पुगेको स्वास्थ्य कार्यालयका डा निरन्जन पन्तले जानकारी दिनुभयो । दैलेखका ११ वटै स्थानीय तहमा भारतबाट दैलेख आएका व्यक्तिको पहिचान गरिएको र सोही आधारमा स्वास्थ्यजाँच गर्दै लक्षणका आधारमा स्वाब परीक्षण गर्न लागिएको डा पन्तले बताउनुभया । टोली आज आठबीस नगरपालिका पुग्ने छ ।. आठबीस र चामण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्यजाँचसँगै समस्याका बारेमा परामर्श पनि गरिएको छ ।.भारतबाट दैलेख आएका करीब एक हजार पाँच सय जना पुगेपछि जिल्लामा सतर्कता बढाइएको छ ।

१७ को ‘रिपोर्ट नेगेटिभ’, क्वारेन्टाइनमा एक मात्रै

कोरोना भाइरसको परीक्षण गरिएका १७ जनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोरोना भाइरससँग मेलखाने लक्षण देखिएका कारण आइसोलेसनमा राखिएका उनीहरुको सोमबार धुलिखेल अस्पतालमा ‘स्वाब’ परीक्षण गरिएको थियो ।

अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । “पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाको नाम, वतन भने गोप्य राखिएको छ ।

वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि रु २० लाख उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण शुरु गरेको हो । पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशङ्कामा काभ्रेपलाञ्चोकमा विदेशबाट आएका एकलाई मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएर मण्डनदेउपुर नपास्थित क्वारेन्टाइनमा बसेका आठमध्ये हाल एक बाँकी हुनुहुन्छ । “अन्यलाई स्वास्थ्य परीक्षण गरी कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै पठाइयो, उहाँहरुको निगरानी भइरहेको छ”, झाले भन्नुभयो ।

पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती नपा–१२ कोलाँतीस्थित मगरगाउँको ४८ वर्षीया मधुमाया तामाङको उपचारका क्रममा मृत्यु भएपछि कोरोना भाइरस आशङ्कामा एकै गाउँका एक बालकसहित १० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोना परीक्षण गरिएकामध्ये उनीहरु पनि हुन् । उनीहरुलाई सोमबार साँझ घर पठाइएको छ । तामाङको एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताउनुभयो ।

यसैबीच काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले क्वारेन्टाइन व्यवस्थित गरेका छन् । कार्यालयका अनुसार छ नपा र सात गाउँपालिकामा ३२१ श्ययाका क्वारेन्टाइन व्यवस्थित भएका हुन् । जसअनुसार बनेपा नपामा ६५, धुलिखेलमा ६०, पनौतीमा २० र मण्डनमा २०, पाँचखाल १०, नमोबुद्ध नपामा १८ तथा खानीखोला गाउँपालिकामा १५, तेमालमा पाँच, चौँरीदेउरालीमा पाँच, बेथानचोकमा आठ, रोशीमा १०, महाभारतमा ६५ र भुम्लु गाउँपालिकामा २० श्ययाका क्वारेन्टाइन व्यवस्थित गरिएका हुन् ।

पाँचखालमा वडा प्रवेशमा रोक !

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा एक वडाबाट अर्को वडामा जान नपाइने भएको छ । कार्यपालिकाको बैठकमा उक्त निर्णय गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । “कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढिरहेका बेला सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि उक्त निर्णय गरेका हौँ”, खरेलले भन्नुभयो । उहाँका अनुसार तरकारी, दूध, औषधि तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -