स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

युवाको सक्रियतामा गोकर्णेश्वरमा रक्तदान

give blood , save Life - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, २४ चैत  : अस्पतालमा रगतको अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको आह्वानमा युवा सक्रिय भई रक्तदान गर्न थालेका छन् ।

अस्पतालमा जटिल शल्यक्रियामा रहेका बिरामीलाई रगत अभाव भएको समाचार सार्वजनिक भएपछि गोकर्णेश्वर नगरपालिका वडा नं १ र २ का युवाले आज चार स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

एकै ठाउँमा धेरैलाई जम्मा गर्दा कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले चार ठाउँमा १०÷१० जनाले गरी ४० जनाले रक्तदान गरेका युवा अभियानकर्मी सुशील सिम्खडाले राससलाई जानकारी दिनुभयो ।

वडा नं १ को सुन्दरीजल, बाराहीचोक र बिपी चोक तथा वडा नं २ को नयाँपाटी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । चार स्थानको कार्यक्रमबाट ४० पिन्ट रगत सङ्कलन भएको छ । रगत सङ्कलनका लागि सोसाइटीको भक्तपुर शाखाको रक्तसञ्चार केन्द्रको समूह आएको जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -