स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

कागेश्वरी मनोहराका चारहजार परिवारलाई राहत वितरण

सेयर गर्नुहोस

काठमाडौँ, २४ चैत : काठमाडौँ र भक्तपुर जिल्लासँग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका चार हजार ९०० परिवारलाई राहत वितरण गरेको छ ।

विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदूरवर्गका उपभोक्तालाई नगरपालिकाले राहत वितरण गरेको हो ।

नगरपालिकाले आइताबार साँझसम्मको तथ्याङ्कअनुसार नौवटै वडाका चार हजार ९०० परिवारलाई राहत वितरण गरिएको जनाएको छ । विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट गरिएको राहत वितरणबाट नगरभित्रका छाक टार्न मुस्किल पर्ने विपन्न परिवार लाभान्वित भएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई चामल, दाल, खाने तेल र साबुन खरिदका लागि विपन्न परिवार छनौट गरी प्रतिपरिवार एक हजारको दरले नजिकैको खाद्यान्न पसलबाट आवश्यक सामान खरिद गर्ने गरी कुपन बाँडिएको नगरप्रमुख थापाले बताउनुभयो । विपद् कोषमा नगरपालिकाको ५० लाख र अन्य अनुदान तथा सहयोग सङ्कलन स्वरुप ४० लाख गरी जम्मा रु ९० लाख सङ्कलन भैसकेको छ ।

अवस्था हेरेर राहत वितरण गर्दै जादाँ नपुगेको खण्डमा नगरपालिकाले थप रु ५० लाख कोषमा जम्मा गर्ने पनि प्रमुख थापाले जानकारी दिनुभयो ।

यसैबीच नगरपालिकाको वडा नं ६ स्थित अर्याल गाँउ नमूना टोल सुधार समितिका टोलबासी र सिन्धुपाल्चोक जिल्ला पत्रकार महासङ्घका अध्यक्ष महेश श्रेष्ठको सक्रियताबाट सङ्कलन भएको रु हजार २१५ वडा नं ६ का अध्यक्ष प्रकाश फुयाँललाई हस्तान्तरण गरेका छन् । कोरोना रोकथाम तथा विपन्न परिवारलाई राहत प्याकेज वितरणमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको स्थानीयवासी राजेन्द्र दुलालले बताउनुभयो ।

त्यस्तै वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले उक्त सहयोगले ठूलो राहत मिलेको बताउनुभयो । विपद् कोषमा जम्मा भएको बजेट कम भएका कारण सबै विपन्न परिवारलाई समेट्न नसकेको खण्डमा टोलबासीले गरेको आर्थिक सहयोगबाट थप विपन्न परिवारलाई राहत बाँड्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

हालसम्म नगरपालिकाले कोरोनाको रोकथाम तथा उपचारको लागि गागलफेदी तथा विभिन्न स्वास्थ्य चौकीमा गरी ६० क्वारेन्टाइन तथा ५ आइसोलेसन कक्ष तयार गरेको छ । साथै, नगरपालिकाले उपचारको लागि आवश्यक परेको खण्डमा तत्काल उद्दार गर्न चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

नगरप्रमुख थापाका अनुसार, “नगरभित्र विदेशबाट आएका जम्मा ५६ जना रहेको र उनीहरुमा कोरोनासंग मिल्ने कुनैपनि लक्षण हालसम्म फेला परको छैन । कोही कसैमा यस्तो लक्षण देखेमा तत्काल खबर गर्न प्रत्येक वडालाई जानकारी गराएका छौं ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -