स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

लकडाउनको समय घरमै पुगेर वित्तीय सेवा प्रदान गर्दै हाम्रो सगरमाथा

hamro sagarmatha - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौं | ललितपुरको कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीले लकडाउनको समयमा सदस्यहरुलाई घरदैलो सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म संस्थाले ८ सय ५० जना सदस्यलाई पाँच हजार रुपैयाँसम्म घरमै पुर्याउँदै आएको र यो सेवा लकडाउनको अवधिसम्म निरन्तर दिने संस्थाका उप–महाप्रबबन्धक गोपिनाथ घिमिरेले जानकारी दिनुभयो ।

सदस्यहरुलाई अत्यावश्यक वस्तु खरिद र आकस्मिक स्वास्थय उपचारको लागि आवश्यक पर्ने रकम सम्पर्क व्यक्तिमार्फत घरमै पुर्याने घिमिरेले बताउनुभयो । संस्थाले प्रविधिको प्रगोगमार्फत पनि सदस्यलाई आवश्यक रकम उपलब्ध गराउँदै आएको छ ।

संस्थाले मुख्य कार्यालयसहित १८ वटा सेवाकेन्द्र मार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । सहकारी खबर

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -