स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

वाग्मती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनका लागि अनुदान रकम वितरण

Bagmati Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

हेटौँडा, २४ चैत : वाग्मती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ ।

प्रदेश अन्तर्गत १३ जिल्लाको ११९ स्थानीय तहमा सो कोष स्थापनका लागि सम्बन्धित स्थानीय तहको बैंक खातामा अनुदान रकम पठाइसकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गत गठित वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिका अनुसार काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकालाई रु २०÷२० लाख र हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख अनुदान रकम पठाइसकिएको छ ।

त्यस्तै प्रदेशको ६६ निर्वाचन क्षेत्रअन्तर्गत ४१ नगरपालिकालाई रु १२÷१२ लाख र ७४ गाउँपालिकालाई रु १०÷१० लाख अनुदान रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

सङ्घीय सरकारले दैनिक लकडाउन चालू गरिरहेकामा सुरक्षाकर्मीलाई उनीहरुको मनोबल उच्च पार्न र व्यावहारिक कार्यमा क्रियाशील तुल्याउन प्रत्येक जिल्लाको सुरक्षाकर्मीलाई रु पाँच÷पाँच लाख सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -