स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

लकडाउनको एघार दिनपछि खुले चिया बगान

tea - the times of nepal
सेयर गर्नुहोस

 २२ चैत : लकडाउन’ भएको ११ दिनपछि आज झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको छ ।

झापामा ३० वटा चिया फ्याक्ट्री र सानाठूला गरी ३०० भन्दा बढी चिया बगान रहेका छन् । कोडिभ–१९ सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै बन्द गरिएका बगानहरु व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर मजदूरले काम गर्ने गरी आंशिकरुपमा खोलिएको हो ।

नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष आदित्य पराजुलीले चियाको पहिलो मुना बगानमै हुर्किएर काम नलाग्ने भएपछि त्यसलाई काट्ने, स्प्रे गर्ने र पानी पटाउनेलगायतका काम शुरु गरिएको बताउनुभयो । “फ्याक्ट्री चलाउँदा सरकारले कायम गरेको सामाजिक दूरीमा बसेर काम गर्न अप्ठ्यारो हुन्छ”, उहाँले भन्नुभयो, “चिया बगानको काम मास्क, ग्लोब लगाएर गर्न सकिन्छ । त्यही भएर बगान नबिग्रियोस् भनेर अहिले आंशिकरुपमा काम शुरु गरेका छौँ ।”

आगामी दिनको अवस्था हेरेर सुरक्षित तवरले मजदूरलाई काम लगाउने सकिने वातावरण भए पूर्णरुपमा चिया बगान र कारखाना खोलिने उहाँले बताउनुभयो । नेपाल चिया विकास निगम भाडामा सञ्चालन गरिरहेको साङ्घाई ग्रुपले कन्याम, टोकला, बर्नेलगायतका इलाम र झापामा रहेका बगान र फ्याक्ट्री पूर्णरुपमा खोलिएको जनाएको छ ।

साङ्घाइ ग्रुपका सञ्चालक सुवास साङ्घाइले चिया बगानमा मजदूरलाई हात धुने साबुन पानी, मास्कलगायतका व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था गरेर काममा लगाइएको बताउनुभयो ।

उहाँले कोभिड १९ का कारण चिया बगानमा ठूलो क्षति भएको बताउँदै भन्नुभयो, “ “पत्ती टिप्ने बेलामा भएको थियो, त्यही बेला कोभिडको सङ्क्रमणका कारण सरकारले लकडाउनको घोषणा ग¥यो । मजदूरलाई काममा लगाएर पत्ती टिप्ने अवस्था रहेन, सबै छिप्पिएर जाँदा ठूलो क्षति भयो ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -