स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

झापाका स्थानीय तहलाई पिपिइ प्रदान

jhapa, Nepal - The Times Of Nepal
सेयर गर्नुहोस

 २२ चैत : प्रदेश नं १ सरकारले झापाका सबै स्थानीय तहलाई आज व्यक्तिगत सुरक्षा कवच (पिपिइ) प्रदान गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले यहाँका १५ वटा स्थानीय तहलाई दुई÷दुई वटाका दरले ३० पिपिइ प्रदान गरेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चापागाईंले जानकारी दिनुभयो ।

हाल जिल्लामा आइसोलेसन वार्डमा दुई, क्वारेन्टाइनमा ११० र होम क्वारेन्टाइनमा ९७० जना छन् । सात जनाको कोरोना परीक्षण गरिएकामा छ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको रिपोर्ट आउन बाँकी रहेको संयोजक चापागाईंले बताउनुभयो ।

“झापामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन”, उहाँले भन्नुभयो, “त्यसकारण डराउनु पर्दैन तर सजगता अपनाउन जरुरी छ ।” यसअघि जिल्लामा पिपिइ नहुँदा शङ्कास्पद व्यक्तिको उपचारमा समस्या देखिएको थियो ।

तर हाल मेची अञ्चल अस्पतालमा पर्याप्तमात्रामा पिपिइ रहेकाले समस्या नभएको चापागाईं बताउनुहुन्छ । कोरोना भाइरसको सङ्क्रमण नदेखिएसम्म मास्क, पञ्जा र टोपी लगाए पुग्ने उहाँको भनाइ छ । झापाका स्थानीय तहले २२ स्थानमा ३७६ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -