स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

हिमाली जिल्लामा हवाई मार्गद्वारा खाद्यन्न ढुवानी

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., air, aeroplane
सेयर गर्नुहोस

हिमाली जिल्लामा खाद्यन्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई मार्गद्वारा खाद्यन्न ढुवानी शुरुआत गरेको छ ।
कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा सञ्चालन हुने नीजि विमानद्वारा सरकारले खाद्यन्न ढुवानी शुरु गरेको हो । हुम्ला र डोल्पामा हवाई मार्गबाट खाद्यन्न पठाएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवम् आपूर्ति समितिका संयोजक नन्दसिं बुढाले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारद्वारा घोषित लकडाउनमा खाद्यन्न अभाव हुन नदिन नीजि एयरलायन्सबाट प्रदेश सरकारले खाद्यन्न आपूर्ति गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा कुनै ठाउँमा खाद्यन्न अभाव भएको खबर नआओस् भने सरकार सक्रिय भएर लागेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भीमबहादुर थापाले हुम्लाको खाद्यन्न अभाव पूर्ति गर्न हाल २०० र मुगुमा १०० क्विन्टल चामल पठाएको जानकारी दिनुभयो । “डोल्पालगायतका अन्य जिल्लामा अहिले खाद्यन्न मौज्दात नै छ,” प्रमुख उहाँले भन्नुभयो, “सम्बन्धित जिल्लाले खबर पठाए हामी जतिबेला पनि पठाउन तयारी अवस्थामा छौं ।”
प्रमुख थापाले भन्नुभयो, “प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको वडा नं १, ५, ९, १२ र १३ वडामा ५०० क्विन्टल वितरण गरिएको छ । आपूर्ति समितिले कहीँकतै अभाव हुन दिएको छैन । हामीसँग हाल ४४ हजार क्विन्टल खाद्यान्न मौज्दात छ । यसले कर्णालीको करिब १८ लाख जनसङख्यालाई करिव तीन महिना खान पुग्छ । मूलत यो व्यापार कम्पनीको जगेडा खाद्यन्न मात्र हो । यही परिमाणको चामल नीजि क्षेत्रसँग पनि छ ।”

उहाँले यस अघि वीरेन्द्रनगरका केही वस्तीमा खाद्यन्न वितरण गरिएको र खाद्य आपूर्तिलाई सहज, चुस्त, छरितो र प्रभावकारी बनाउन आपूर्ति समिति लागि परेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -