स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

प्रदेश कोभिड सङ्कट व्यवस्थापन समिति गठन

Bagmati Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

 २१ चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड सङ्कट व्यवस्थापन समिति गठन गरिएको छ । मुख्यमन्त्री कार्यालयको अनुसार प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण  तथा उपचारलगायतका कार्यहरुलाई व्यवस्थित र प्रभावकारी संयन्त्रको कार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यदिशाअनुसार समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचिव, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य रहनुभएको कार्यालयले जनाएको छ । यसैगरी समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातारवण मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिवहरुलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिवलाई सदस्यसचिबमा मनोनीत गर्नुभएको छ ।

सो समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु सहज व्यवस्थापन गर्ने जनाइएको छ । अत्यावश्यक सेवाको आपूर्तिको व्यवस्थापन र अनुगमन गर्ने, आवश्यक पर्ने जनशक्तिको व्यवस्था गर्ने, अस्पतालहरुको मापदण्डअनुसारको आइसोलेशन र आइसियूको व्यवस्था गर्ने, मापदण्डअनुसारको क्वारेन्टाइनको निर्माण तथा व्यवस्थापनलगायतका कार्य गर्ने बताइएको छ ।

राक्सिराङमा निःशुल्क स्वास्थ्य परीक्षण

जिल्लामा कार्यरत गैरसरकारी संस्थाद्वारा सञ्चालित क्लिनिकले विकट क्षेत्र राक्सिराङका घरघर पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । दिगो विकासका लागि एकता नेपाल र लिसा हिमालय इभीले राक्सिराङ गाउँपालिकाको वडा नं ६, ७ र ८ मा सञ्चालन गरेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रममा करीब २०० बिरामीको स्वास्थ्य परीक्षण गरिएको दिगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लिनिकले चैत ११ गतेदेखि १८ गतेसम्म घुम्ती शिविर सञ्चालन गरेको थियो । संस्थाले तीन वर्षदेखि राक्सिराङ गाउँपालिका—६ मा सिलिङ्गे हेल्थ एण्ड बर्थिङ सेन्टर समेत सञ्चालन गर्दै आएको छ । लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अञ्जनप्रसाद पौडेलका अनुसार राक्सिराङ गाउँपालिकाको दुर्गम धिराङ, दाराङ लगायतका गाउँहरुबाट दैनिक २० जनाको दरले स्वास्थ्य जाँचका लागि चेपाङ तथा तामाङ समुदायका मानिसहरु आइरहेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -