स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

सहकारी दिवस : सहकारी र समाज

सेयर गर्नुहोस

जब जब समाजमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन तब तब सबैले सम्झने नाम हो सहकारी । सहकारीको जन्मको इतिहास हेर्ने हो भने जब समाजमा ठुला किसीमका दैबिप्रकोप,अती बृष्टि, अना बृष्टि भुकम्प,ठुला ठुला महामारिहरु को समयमा सबैको आसाको केन्द्रबिन्दु भनेकै सहकारी हो भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन त्यसको ज्वलन्त उदाहरण हो सहकारी बिभागको पछिल्लो बिचार भनौ वा सहकारी संघ वा संस्थाका लागी गरिएको निर्देशन जे होस राज्यले जनताको भलाइका लागी जनता वा सहकारीका सदस्यहरुका हितमा गरेको एक उचित कदम हो भनि सम्झने हो भने समग्र सहकारी ,त्यसमा आबद्ध सदस्य तथा कार्यरत कर्मचारिका बारेमा अनबरत रुपमा भाषण दिने,देश भरीका सिंगो सहकारीको जिम्मा लियजस्तो देखिने ,देसमा कहिले काँही भेटिने बिदेशको अनुभब मात्र बटुल्ने आदरणीय सहकारीका अग्रज अभियान्ताहरुको बिचार र निर्देशन कुरिरहेका हामी सहकारीका कर्मचारिहरुको एउटै प्रस्न हो यो ,के हामी कार्यालय सुचारु गर्न भोलि देखि कार्यालय जाँउ ? हामी सदस्यहितका लागी जान तैयार छौ के हामि कार्यालय जान र सदस्य कार्यालय सम्म आउने जिम्मा तपाइ हरुले लिन तयार हुनुहुन्छ ? यदि हुनुहुन्न भने किन चुपचाप ? अर्को कुरा जब सम्म आफु बाहीर सहकारीको गुण गान जब भित्र गुम गाम किन ? साच्चै अहिले आफ्ना सदस्यहरु लाइ पुर्बबत सेवादिन सक्ने अवस्था हो ? तपाइहरुले आफ्नो धारणा सहकारीकर्मी बिच किन राख्न सक्नु भएन ?

जे होस सहकारीको नेतृत्तव बर्गहरुले मनन गर्नुर्पछ अबको सहकारी आन्दोलनको दिसा र नेतृत्तवको भुमिका ।

मैले बुझेको सहकारी यस्तो हुनुपर्छ कि मेरो कुरा हैन, काम बाट अरुले सिकुन(सदस्यले ) कुरा र काम फरक कुराहो ,हामी आफ्नो जिम्मेवारि बाहेकका काममा बढि जानमकार छौ तर आफ्नो जिम्मेवारी भने अरुले सम्झाउनु पर्ने नबनौ । निजी क्षेत्र द्धारा संचालित क्षेत्रहरु जस्तै(ठुला ठुला हस्पीटलहरु बिरामी लिनै नमान्ने ,ठुला ब्यापारि जम्मा खोर काला बजारि ) जस्ता किसिमका काम गरि रहदा सहकारीहरुले आफ्नो र परिवारको ज्यानको समेत पर्बाह नगरि भाइरस संग लडन सक्ने क्षमता राख्ने दुध ,हरियो साग सब्जी ,स्वास्थ्य सहकारी ले स्वास्थ्य सेवा ,सुचना सहकारीले यर्थाथ सुचना प्रबाह ,उपभोक्ता सहकारीले दैनिक उपभोग्य सामाग्रीको बेचबिखन,आर्थीक कारोबार गर्ने संस्थाहरुले यस बिषम परिस्थीतीमा समेत सदस्यहरुको आर्थीक समस्याको समाधान गरिदीनु लगायतका कार्य गर्दै राष्ट्रमा योगदान दियको बाट पनि हुन सक्छ सायद संकटमा सबैले याद गर्न लायक सहकारी नै हो ।

यस बिषम परिस्थीमा समेत हामिले हाम्रा सदस्य बर्गमा पर्न सक्ने समस्या लाइ मध्यनजर गर्दै आफ्ना सदस्य बर्गको सुबिधा खातीर सदस्यको बचत मौज्दात भन्दा रु ५,०००÷– बढि र्फिता सुबिधा सहित चौबिसै घण्टा जस्तो उहाँहरुको निकटमा रहि कार्य गरिरहेका छौ । र उहाँहरुको समस्याको सहयात्रीको रुपमा काम गरि रहेका छौ तर सहकारी बिभागको निर्देशनको मर्म अनुरुप कार्यालयनै खोलि सेवा दिनु पर्ने जस्तो खालको अभिब्यत्ति आउदा आदरणीय सहकारी अगुवाहरुको त्यसमा सामान्य प्रतिकृया मात्र देखिनुले सहकारी कर्मीका लागी न कुनै निर्देशन न कुनै सुझाब यो दुखद पक्ष हो ।

अन्त्यमा यस बिषम परिस्थितीमा आफु बचौ ,अरुलाइ पनि बचायौ ,सके सहयोग गरौ नसके अप्ठेरोमा नपारौ । राज्यको निती निर्देशन को पुर्ण रुपमा पालना गरौं । काला बजारि ,कृतिम अभाब र अवसर खोर बाट आफु बचौ अरु लाइ बचाँउ ,साथै सकारीमा आबध्द सम्पुण सदस्य ज्युहरु , सञ्चालक ज्युहरु ,लेखा समितीका पदाधिकारी ज्युहरु , आबद्ध सम्पुण कर्मचारी बर्गमा बिश्व भरि महामारिको रुपमा फैलदै गरेको कोरोना भाइरसको समस्या बाट र्सिजीत समस्या बाट आफु सुरक्षीत रहदै आफ्ना सदस्य र मानबजातीको रक्षामा एकताबद्धभै लागौं अरुले के गरे भन्दा पनि म के गर्दै छु मात्र सोचौं । धन्यबाद जय सहकारी ।।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -