स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

कर्णाली सरकारले पु¥यायो हिमाली जिल्लामा स्वास्थ्य सामग्री

Karnali Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

 १८ चैत  : कर्णाली प्रदेश सरकारले आज यहाँका तीन हिमाली जिल्लामा स्वास्थ्य सामग्री पु¥याएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्लामा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।

तीनै जिल्लाका जिल्ला प्रशासन तथा स्वास्थ्य सेवा कार्यालय, स्थानीय सरकारका प्रमुख, राजनीतिक दलहरुको रोहवरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरेर (व्यक्तिगत सुरक्षा सामग्री) पिपिइ, आइआर थर्मोगन, गाउन, सर्जिकल मास्क, ग्लोब, पिपिई चस्मा, स्प्रीट, एन ९५ मास्क, पञ्जालगयात अठार किसिमका उपकरण, औषधी र फारम फारम हस्तान्तरण गरिएको मन्त्री रावलले बताउनुभयो । उहाँका अनुसार तीनै जिल्लामा बराबर परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

तीनै जिल्लामा पुग्नुभएका मुख्यमन्त्री शाहीले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रतिकार्यका लागि प्रजिअ, स्वास्थ्य प्रमुखलगायत सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन गर्नुभएको छ । त्यसैगरी, उहाँले जैविक समस्याका रुपमा देखिएको कोरोनाको विरुद्ध राजनीतिक दलहरुलाई पार्टी र नागरिकलाई निजी स्वार्थभन्दा माथि उठेर जुध्नसमेत आग्रह गर्नुभयो ।

सामाजिक विकासमन्त्री रावललका अनुसार आजै राति कालीकोट, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, दैलेखमा स्वास्थ्य सामग्री पठाइने छ । प्रदेश सरकारले सडक पहुँच सहज नभएका हिमाली जिल्ला प्राथमिकतामा राखेर ती सामग्री आजै हवाई मार्गमार्फत त्यहाँ पु¥याएको उहाँको भनाइ थियो । विशेष गरी कोरोना सङ्क्रमितको उपचारका क्रममा लगाइने पिपिइ, सर्जिकल मास्क, थर्मोगनलगायत अभाव भइरहेको बेला सरकारले उपलब्ध गरेपछि जिल्लाका स्वास्थ्यकर्मी उत्साहित भएको जनाइएको छ ।

नेपाली सेनाको स्काई ट्रकबाट सोमबार गाउन एक हजार थान, आइआर थर्मोमिटर १० थान, एन ९५ मास्क, ४८० थान, सर्जिकल मास्क १० हजार थान र पञ्जा २० हजार थान सुर्खेत पु¥याइएको थियो । उक्त उपकरण सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रदेश सरकार सामाजिक विकासमन्त्री रावलको रोहवरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -