स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

विराटनगर महानगरपालिकाले २२० शय्याको क्वारेन्टाइन बनाउने

सेयर गर्नुहोस

विराटनगर, १८ चैत : विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि बैजनाथपुर स्वास्थ्य चौकीमा २० शय्याको क्वारेन्टाइन बनाएको छ ।

यसैगरी विराटनगर महानगरपालिकास्थित अतिथि सदनमा ४०, मारवाडी सेवा सदनमा २०, जैनभवनमा २०, काली सदनमा २० र संगम पार्टी प्यालेशमा २० शय्या क्षमताको क्वारेन्टाइन व्यवस्थापन गरेको छ भने नेशनल ट्रेडिङ्गमा सघन उपचार कक्षसहितको ५० शय्याको आइसोलेशन वार्ड निर्माण गरेको छ । कोरोना भाइरसको सम्भावित उच्च जोखिमलाई ध्यानमा राखेर महानगरपालिकाले नगर क्षेत्रमा २२० शय्याको क्वारेन्टाइन निर्माण गर्ने गृहकार्यमा जुटेको जनाएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख जिल्ला अधिकिारी मदन भुजेल, सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की र महानगरका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले सोमबार बैजनाथपुर स्वास्थ्य चौकीमा पुगेर चौकीको स्थलगत अनुगमन, निरीक्षण तथा त्यहाँ भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो ।

सो अवसरमा प्रमुख पराजुलीले देश व्यापी लकडाउनबाट नगर क्षेत्रमा अतिविपन्न, सुकुम्बासीहरुलाई पर्न सक्ने खाद्यान्न अभावलाई व्यवस्थापन गर्न महानगरपालिकाले विपद् राहत कोष बनाएको जानकारी दिनुभयो ।

उक्त कोषमा महानगरपालिकाले रु.एक करोड रकम जम्मा गरेको छ । सङ्कटका बेलामा सो राहत कोषमा रकम जम्मा गर्न अन्यदाता एवं समाजसेवीलाई प्रमुख पराजुलीले आग्रह गर्नुभयो । उहाँले आफूले एक वर्षमा पाउने सुविधा रकम पनि सोही कोषमा जम्मा गर्ने घोषणा पनि गर्नुभयो ।

यसैगरी भारतबाट नेपाल भित्रिएका र लकडाउनमा फसेका ४२ जनालाई महानगपालिकाले खाने र बस्ने व्यवस्था गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -