स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

कोभिड–१९ को जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन अपिल

coronavirus,COVID-19, Live Update - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ १६ चैत  : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को जोखिमबाट जोगिन सबैलाई उच्च सजकता र सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले सरकारको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई परिपालना गरी रोगबाट सुरक्षित रहन तथा परिवार र समाजलाई सुरक्षित राख्न सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले सन्देशमा भन्नुभएको छ, “कोभिड–१९ को महामारीविरुद्ध सम्पूर्णरुपले जुध्न आम नेपाली नागरिक तथा सम्पूर्ण विश्व समुदायलाई उच्च सतर्कताका साथ एकजुट हुन आह्वान गर्दछु ।

विश्वका बिभिन्न मुलुकमा कोभिड–१९ को सङ्क्रमणबाट निधन भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँले शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । कोभिड–१९ बाट सङ्क्रमित विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्य लाभको कामना पनि उहाँले गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -