स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री राईद्वारा कोरोना परीक्षण ल्याबको निरीक्षण

coronavirus,COVID-19, Live Update - The Times Of Nepal
सेयर गर्नुहोस

 १६ चैत : सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि कारोना भाइरस(कोभिड–१९) परीक्षण शुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र भइरहेको कोरोनाको परीक्षण काठमाण्डौँ बाहिर उक्त प्रतिष्ठानमा शुरु भएको हो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज प्रतिष्ठानमा स्थापना गरिएको ल्याबको निरीक्षण गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

उहाँहरुले ल्याबसँगै ‘हेल्प डेस्क’ र आइसोलेशनको पनि निरीक्षण गरी ताजा स्थितिका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्राडा गुरुप्रसाद खनालले ल्याबका विषयमा जानकारी गराउनुभएको सुवेदीले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -