स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सामाजिक दूरी कायम राख्न मुख्यमन्त्री राउतको आग्रह

सेयर गर्नुहोस

 १६ चैत : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको सङ्क्रमणबाट उन्मुक्तिका लागि सामाजिक दूरी कायम राख्न प्रदेशवासीमा आग्रह गर्नुभएको छ ।

उहाँले आज प्रदेशवासीमा अपिल गर्दै विपद् जित्न सबैको सहयोगको खाँचौ औँल्याउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको सङ्कटको घडीमा सङ्घीय सरकारद्वारा जारी लकडाउनलाई सफल पार्न आग्रह गर्दै उहाँले महामारीको यस सङ्कटमा प्रदेश सरकारले हरेक किसिमको सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको छ । मुख्यमन्त्री राउतले अपिलमा भन्नुभएको छ, “यो सङ्कटको घडीमा मुक्ति दिलाउन प्रदेश सरकार प्रदेशवासीको साथमा छ, प्रदेशवासीसँग उभिएको छ ।”

प्रदेश सरकारले आफ्नो स्तरबाट विभिन्न ठाउँमा क्वारेन्टाइन, आइसोलेसन वार्ड स्थापना गरिसकेको उल्लेख गर्दै उहाँले कोरोना परीक्षणका लागि अस्पतालहरुमा साधनस्रोत जुटाउन लागि परेको बताउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -